- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंगलिस क्लव म्यान्चेस्टर सिटी विजयी हुँदा अर्को इंगलिस क्लव टोटनह्याम भने बराबरीमा रोकिएको छ ।
म्यान्चेस्टरले बाजललाई ४–० ले हरायो । स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुण्डोगानले २ तथा सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले १–१ गोल गरे ।
च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलकै अर्को खेलमा टोटनह्यामले इटालियन क्लव युभेन्टससंग २–२ गोलको बराबरी खेलेका छन् ।
युभेन्टसको मैदानमा भएको खेलमा युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्रै २ गोल गरेका थिए । तर पछि भने टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले गोल गर्दै खेल बराबरी गरेका हुन् ।
बुधबार राति दुई खेल हुनेछन् । एफसी पोर्टोले लिभरपुलसंग तथा रियाल मड्रिडले फ्रान्सको पेरिस सेन्ट जर्मेनसंग खेल्नेछ ।