arrow

नेयमारको लोभलाग्दो खेल, ब्रजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
neymar-news-rio.jpg.jpeg

काठमाडौं । ब्रजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा प्रतिद्धन्द्धी मेक्सिकोमाथि २–० को सहज नतिजा निकाल्दै ब्राजिलले क्वार्टरफाइनलमा ठाउँ बनाएको हो । 

निरन्तर पूर्व विजेताहरु बाहिरिने क्रम जारी रहँदा पाँच पटकको च्याम्पियन ब्रजिलले संयमित खेल खेल्दै उपाधिका लागि प्रमुख दावेदारी दिएको हो । 

ब्रजिललाई जिताउन नेयमार नै नायक भएर प्रस्तुत भए । 

खेलको ५१ औं मिनेटमा नेयमारले सुन्दर गोल गरेका थिए ।

 त्यसपछि ८८ औं मिनेटमा नेयमारले गोलका लागि रोबर्टो फर्मिनोलाई सुन्दर पास दिए । 

खेलमा ५४ प्रतिशत बल आफ्नो कब्जामा लिए पनि मेक्सिकोले गोल गर्न सकेन । गोलका लागि मेक्सिकोले गरेका दुई प्रयास खेर गए ।

ब्रजिलले भने १० प्रयास गरेको थियो । मेक्सिकोका चार खेलाडीले पहेंलो कार्ड खाँदा ब्राजिलका फिलिप्पे लुइस र क्यासेमिरोले पहेंलो कार्ड खाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ