arrow

बनगाउँबाट ग्राउण्ड रिपोर्ट : मोदीको प्रचार बिन्दूमा ठाकुर परिवारको फुट, जनता दूर्गा पूजामा व्यस्त !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २७ बुधबार
dugra-puga-chitra.png

वनगाउँ, पश्चिम बंगाल। पश्चिम बंगालको दक्षिण पूर्वी क्षेत्रमा बंगलादेशसँगको सीमामा पर्ने जिल्ला हो दक्षिण २४ प्रगानस। यही जिल्लाको एउटा शिक्षित र विकसित नगरपालिका हो बनगाउँ नगरपालिका। महिला र पुरुषको कूल जनसंख्याको ९० प्रतिशत साक्षरता रहेको सो नगरपालिकाका ९३ प्रतिशत भन्दा बढी मानिसहरु साक्षर छन् भने ८६ प्रतिशत महिलाहरु साक्षर रहेको नगरपालिकाले जनाएको छ।

यति धेरै शिक्षित मानिसहरुको बसोबास रहेको सो क्षेत्रमा अहिले चुनावको खासै चटारो देखिँदैन। कता कतै चुनावी प्रचारहरु देखिन्छन्। स्थानीयको कुराकानीमा उनीहरु राजनीतिलाई विश्वासिलो पेशा र सम्मानित पेशा नै मान्दैनन्। भोट हाल्नु उनीहरुले अधिकारको रुपमा होईन कर्तब्यको रुपमा मान्ने गरेका छन्। ५ वर्षमा समय समयमा हुने चुनावलाई उनीहरुले शासक चुन्ने प्रक्रियाको रुपमा हेर्छन् न कि लोकतन्त्रको महापर्व। 

हामी चैत शुक्ल प्रतिपदाको दिन त्यहाँ पुग्दा उनीहरुलाई दशै लाग्न सुरु भईसकेको थियो । १० दिनसम्म भव्य रुपमा मनाईने दूर्गाको मूर्तिलाई हरेक दिन सिन्दूर जात्रा सहित बजार परिक्रमा गराउने गरिँदो रहेछन । प्रतिपदाको दिन त्यहाँ पुग्दा त्यहाँका स्थानीयहरुलाई ढुक्कसँग कुराकानी गर्नै फुर्सद समेत देखिँदैन थियो । विशेषगरी मतुवा जातीहरुको बाहुल्यता रहेको सो क्षेत्रको नेतृत्वले नै समग्र मतुवा जातिहरुको प्रतिनिधित्व गर्ने गरेको छ । पश्चिम बंगालमा मात्रै यो जातिको संख्या २०११ को जनगणना अनुसार ३३ लाख ३९ हजार रहेको छ । 

यो गाउँ दूर्गा पूजाको लागि विशेष गाउँ हो । ९६ प्रतिशत हिन्दूहरुको बसोबास रहेको यहाँ मुस्लिमहरुको जनसंख्या केवल २ प्रतिशत मात्रै रहेको छ। ४३ वर्षसम्म कम्युनिष्टहरुले एकछत्र शासन गरेको पश्चिम बंगालमा समय समयमा त्यहाँको संस्कृतिमाथि हस्तक्षेप हुने प्रयास नभएको भने होइन । तर, शिक्षित र विकसित समाजमा राजनीतिले अहिलेसम्म यो ठाउँलाई छुन सकेको छैन । 

राजनीतिको उलटपलट र ठाकुर परिवारको फुट
प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को लोकसभा चुनावको चुनावी अभियानलाई सुरुवात गरेको पहिलो ठाउँ नै यही हो जुन भारत र वंगलादेशको सीमा क्षेत्रमा पर्दछ। गत फेब्रुअरीमा प्रधानमन्त्री मोदीले वनगाउँ निर्वाचन क्षेत्रको एउटा ठाउँ ठाकुर नगरमा आफ्नो पहिलो चुनावी सभालाई सम्बोधन गर्नुपूर्व नै त्यहाँको मतुआ जनजातीकी नेतृत्वकर्ता विणापाणी देवीलाई भेटेर आफ्नो चुनावी सभाको सुरुवात गरेका थिए। 

पश्चिम बंगालमा रहेको कूल ४२ सिट मध्ये ६ वटा सिटमा यो जातिको प्रभाव राम्रो रहेको छ र विणापाणीदेवीलाई सबै मतुआ मतदाताहरुले अन्धभक्त रुपमा विश्वास गर्ने गरेका छन्। तिनै देवीलाई भेटेर नै प्रधानमन्त्री मोदीले आफ्नो चुनावी सभालाई सम्बोधन गरे । मार्च ६ गते उनको १०० वर्षको उमेरमा निधन भयो। तरपनि विणापाणी देवीसँगको मृत्यु हुनुभन्दा १ महिना अघिको त्यो भेटले प्रधानमन्त्री मोदी र भाजपालाई भने निकै फाईदा गरेको देखिन्छ। 

विणापाणीका कूल २ जना सन्तानहरु छन्। जसमध्ये जेठा छोरा कपिल कृष्ण ठाकुर २०१४ को लोकसभा चुनावमा तृणमूल काँग्रेसमा आवद्ध भएका थिए। भने विणापाणीका कान्छा छोरा मञ्जुलकृष्ण ठाकुर २०११को विधानसभा चुनाव जितेर पनि अति साना, साना र मध्यम स्तरका व्यवसाय हेर्ने मन्त्री समेत भएका थिए। उनी आफ्ना छोरा सुभ्रत ठाकुरसँगै केही महिना अघि मात्रै तृणमूल काँग्रेसबाट भारतीय जनता पार्टीमा प्रवेश गरे । Image may contain: 1 person

ठाकुर परिवारकै ममताबाला ठाकुरलाई तृणमूल काँग्रेसले २०१५ को विधानसभा चुनावमा टिकट दिएपछि उनकै भतिज पर्ने सबरत ठाकुरलाई भाजपाले टिकट दियो । तर, ममताले २ लाख ११ हजार भन्दा बढी मतान्तरले उनलाई हराईदिईन् । त्यहिबेलादेखि ठाकुर परिवारलाई पनि राजनीतिले भिन्न गराईदिएको छ । त्यतिबेला भाजपा त्यहाँ तेस्रो स्थानमा सीमित भयो । मञ्जुल कृष्ण ठाकुरका कान्छा छोरा शान्तानु ठाकुरले अहिले भाजपाको सबै प्रचारका कामहरु गरिरहेका छन् । उनी अँग्रेजी बोल्ने र लामो समयसम्म अष्ट्रेलियामा बसेर आएका व्यक्ति हुन् । यसरी विणापाणीका कान्छा छोराको परिवार अहिले भाजपा पक्षमा देखिएका छन् भने जेठा छोरा कपिलकृष्णको परिवार तृणमूलमा छ । 

यसरी ठाकुर परिवारलाई दुईभागमा विभाजन गरेर एउटा परिवार आफ्नो पक्षमा ल्याएपछि त्यो क्षेत्रमा पहिलेको भन्दा भाजपाको जनमत केही थपिएको छ। तर, चुनावी पासा पल्टाउनमा भने त्यो पर्याप्त हुन्छ नै भन्नेमा निश्चित भने छैन। ठाकुर परिवारमा केन्द्रीत भएको राजनीतिलाई जनताले धेरै वास्ता गर्ने गरेका छैनन्। ठाकुर परिवारले भनेपछि त्यतै भोट हाल्नेको संख्या पनि धेरै देखिएको छ । तर, तृणमूल काँग्रेस नभई ममता बनर्जीका लागि नै मत दिनेको संख्या पनि त्यो समुदायमा धेरै रहेकोले भाजपाले पासा पल्टाउन सक्छ नै भन्नेमा समेत ठोकुवा गर्न सक्ने स्थिति नरहेको हो। 

स्थानीय भन्छन् राजनीतिले संस्कृतिलाई दुषित बनायो 
ममता चक्रवर्ती वनगाउँको एक विद्यालयकी शिक्षिका हुन्। उनी यहाँका स्थानीहरुमा राजनीतिको कुनै भोक नरहेको बताउँछिन्। हामीलाई थाहा छ भोट हाल्नु कर्तव्य हो। तर, हामीलाई राजनीति केही पनि थाहा छैन। उनले हाम्राकुरासँग भनिन्। संस्कृति प्रति नै यहाँका मानिसहरुको असीमित प्रेम छ। हामी यसैमा रमाईरहेका छौं। 

सुलभ बन्ध्योपाध्याय एक मूर्तिकार हुन्। उनी दूर्गाको मूर्तिमा विशेषज्ञता हासिल गरेका व्यक्ति हुन्। उनी राजनीतिको रापबाट अहिलेपनि बाहिर नै छन्। उनले अहिलेपनि आफूहरुको पेशाप्रतिको सम्मान हुन नसकेको गुनासो गरे। उनले आफूले सम्मानित रुपमा परिश्रमको मूल्य पाएको भएपनि यो क्षेत्रमा धेरै मानिसहरुले श्रमको उचित मूल्य नपाएको आरोप लगाए। उनले चुनाव र राजनीतिले आफूहरुको पेशाप्रति सम्मान गर्न नसक्ने दाबी पनि गरे।

यो पनि पढ्नुस् :

अपडेट कोलकाता : सुनसान शहर, शंकामा सुरक्षा, दंगलमा दलहरु

बंगालको चिया बगानका श्रमिकलाई किन लागेन चुनाव ?

चुनावले नपत्याएको सोनागाछीको 'रेडलाइट एरिया', जहाँका १३ हजार मतदाता उम्मेदवारलाई कुरिरहेछन्

पार्टी निकटका दुई कमिश्नरलाई चुनाव आयोगले हटाएपछि तृणमूल काँग्रेसमा खैलाबैला

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ