arrow

प्रधानमन्त्रीको फ्रान्स भ्रमणबारे दिव्यमणी राजभण्डारीले उठाए प्रश्न

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
divyamani.jpg

काठमाडौं। प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीको फ्रान्स भ्रमणकाबारेमा गम्भीर प्रश्न उठाएका छन् । सरकारले सस्तोमा स्याटेलाईट लिनसक्ने अवस्था हुँदाहुँदै फ्रान्ससँग महंगोमा स्याटेलाईटको सम्झौता गर्न लागेको भन्दै उनले यसबारे प्रश्न उठाएका हुन् । उनले त्यस्ता महंगा सामान खरीद गर्दा ग्लोबल टेण्डरमार्फत् मात्रै खरीद गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारी अनुदान र ऋणमा सबैभन्दा बढी भ्रष्टाचार हुने कुरा औल्याउदै अन्यथा प्रधानमन्त्री यो खरिदको भ्रष्टाचारमा वदनाम हुनसक्ने तर्फ प्रश्न उठाएका हुन् । 

त्यही देशबाट वाईडबडी खरीद गर्दा भएको भ्रष्टाचारको मुद्दा अझै नसुल्झिएको भन्दै सांसद राजभण्डारीले सो मुद्दामा अनुसन्धानमा सहयोग गर्नको लागि फ्रान्सका प्रधानमन्त्री समक्ष प्रस्ताव गर्न पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सांसद भण्डारीले वाईडबडीको छानविन प्रक्रिया अघि बढाउनको लागि आग्रह गर्दै हवाईमाफियाहरुले सो प्रतिवेदन छलफलमा ल्याएर टुंग्याई अख्तियारको कार्यक्षेत्रमा जान अवरोध सिर्जना गरेको आरोप समेत लगाएका छन् । 

यस बाहेक राजभण्डारीले प्रधानमन्त्रीलाई गोर्खा भर्ति, स्याटेलाईट खरिद, सेक्युरिटी प्रिन्टिड प्रेस, श्रमिक समस्याका बारेमा महत्वपूर्ण सुझाव दिएका छन् । उनले आईएलओको सम्मेलनमा सहभागी हुन जान लागेका प्रधानमन्त्रीलाई नेपालमा वेरोजगारी हटाउने र श्रमिकहरुको कल्याण गर्ने विषयमा कुरा गर्न समेत सल्लाह दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ