- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपनिषदमा एक वृतान्त छ । एकपटक अग्नि, वायु, वरुण आदि देवताहरुलाई अभिमान भयो कि हामी नै सम्पूर्ण संसार चलाउने हौ भनेर। उनको अभिमान हटाउनको लागि परब्रम्ह परमेश्वरको शक्ति एक यक्षको रुपमा प्रकट भयो।
यक्षलाई देखेर इन्द्रले वायुलाई भने, 'वायु देव यक्षको परिचय प्राप्त गरेर ल्याउनुहोस, उनि को हुन् ।'
वायुदेव यक्ष भएको ठाँउमा गएर सोधे,'तिमी को हौ ?'
यक्षले भने,'पहिले आफ्नो परिचय देउ ?'
उनले भने, 'म वायुदेव हुँ, सम्पूर्ण संसारलाई उडाउन सक्छु ।'
यक्षले एक मसिनो त्यान्द्रोलाई वायु सामु राखे र भने, 'यस त्यान्द्रोलाई उडाउ ।'
वायुदेवले सबै शक्ति लगाए तर त्यान्द्रो हल्लिएन वायुदेव लज्जाबोध गर्दै फिर्ता गए ।
तब अग्निदेव आए । उनले भने, 'म सम्पूर्ण संसारलाई जलाउने क्षमता राख्छु ।'
यक्षले त्यान्द्रोलाई जलाउन भने । अग्निदेवले पनि सवै शक्ति लगाए तर त्यान्द्रोलाई जलाउन सकेनन् । यस्तै जल देवता आए तर उनले पनि त्यान्द्रोलाई बगाउन सकेनन् ।
यस प्रकार जब सबै देवताहरु हारे तब अन्तिममा इन्द्र आए परिचय प्राप्त गर्नको लागि तब यक्ष अन्तर्धयान भए । त्यहाँ एक निकै सुन्दर अनन्त देदीप्यमान देवी प्रकट भइन् । इन्द्रले सोधे,'त्यो यक्ष को थियो ?'
देवीले भनिन्, 'ब्रम्हको शक्ति थिए । जो तिमीहरुको यस मिथ्याभिमानलाई दुर गर्न आएका थिए जुन शक्तिबाट तिमी काम गर्छौ । वास्तवमा यो त्यस ब्रम्हको शक्ति हो जसमा तिमी देवताहरु यी सबै क्रियाकलाप गरिरहेका छौ । त्यस शक्ति बिना तिमी केहि पनि गर्न सक्दैनौ ।' भन्नुको तात्पर्य देवताहरुसँग जुन शक्ति छ त्यो पनि ब्रम्हको शक्ति हो । नत्र देवताहरुको अस्तित्व पनि रहने छैन ।
जस्तै जबसम्म बिजुली रहन्छ तबसम्म बल्व जल्छ, पंखा पनि चल्छ तमाम विद्युतिय साधनहरु चल्छन् । तर यदि बिजुली गयो भने तब पंखाले हावा फ्याल्न बन्द गर्नेछ । पानीको इन्जिनले पानी निकाल्न बन्द गर्छ र बल्बको प्रकाश पनि समाप्त हुन्छ । अर्थात यी सबैको जुन शक्ति छ त्यो विद्युतको शक्ति हो । यसै प्रकार हामीलाई चलाउने यस संसारलाई चलाउने शक्ति ब्रम्हको नै शक्ति हो । त्यही शक्ति सबैको मूल हो । बिना त्यसको शक्ति सबै बेकार हो ।
तर जबसम्म हामी त्यस शक्तिलाई जान्दैनौ त्यसैले जे बाहिर देखिन्छ त्यसलाई सत्य मान्छौ । जस्तै एक बिरालोले ऐनामा हेरेर ऐना भित्र विरालोको छाया जब देख्छ तब उ झापढ हान्न थाल्छ । किनभने उसले आफ्नो छायालाई सत्य मान्छ । मानौ कि बिरालो को छायाँ सत्य हो भने के छाया देख्ने बिरालो सत्य होइन ? यदि बिरालो नभएको भए बिरालोको अस्तित्व नभएको भए त्यो छाया कहाँबाट आउथ्यो ?
यदी सिसामा केहि छ भने त्यसलाई जसले हेरिरहेको छ के त्यसको अस्तित्व छैन त? आज हामी संसारलाई देख्छौ - रंगि विरंगी, संसारको वायु र ऋतुहरुलाई, संसारका विभिन्न चिजहरुको अनुभव गर्छौ, तब हामी अनुभव गर्ने के सत्य होइनौ ? यदि हामी अनुभव गर्ने सत्य हौ भने हामी भित्र अनुभव गराउने कुन ब्रम्हको शक्ति छ जुन कारण हामी सत्य हौ । त्यस शक्तिलाई हामीले बुझ्न र खोज्न आवश्यक छ ।
त्यस बारेमा वेदान्त भन्छ -" ब्रम्ह सत्य जगत् मिथ्या " कि केवल ब्रम्ह नै सत्य हो, त्यो शक्ति नै सत्य हो र बाँकी सारा संसार मिथ्या हो । किनभने यसमा परिवर्तन भइरहन्छ त्यसको रुप बदलिरहन्छ ।
यसैकारण जो ज्ञानी भए उनिहरुले ब्रम्हको त्यो परमपिता परमात्माको अनुभव गरेर मानिसहरुलाई अनुभव गराए । जब मानिसलाई ज्ञान प्राप्ति हुन्छ तब उसले माया भित्र चैतन्यता छैन भन्ने बुझ्छ। उसलाई यो शक्ति ब्रम्हबाट प्राप्त भएको हो, यसको पछि ब्रम्हको शक्तिले काम गरिरहेको छ, त्यहि सबैको मूल हो भन्ने जान्दछ ।
यस कुरालाई स्पष्ट गर्दै भगवान श्रीकृष्ण भन्नुहुन्छ, 'सबै नदिहरु मध्ये म गंगा हुँ, सारा वेदमा म ऋग्वेद हुँ, सारा पर्वतहरुमा म हिमालय हुँ र सबै वृक्षमा कल्पवृक्ष हुँ ।' श्रीकृष्ण यो उदाहरण दिएर बुझाउनुहुन्छ कि म नै सबैको मूल हुँ । सबैको स्रोत हुँ अर्थात बीजरुप मै हूँ, मबाट संसारका सबै शाखा निस्किएका छन् । यस संसारको बिस्तार मबाटै भएको छ र म नै सर्वश्रेष्ठ हुँ ।'
'जुन सर्वोपरी चीज संसारमा बनेको छ त्यसको पछि मेरो नै सत्ताले काम गरिरहेको छ । बिना मेरो सत्ता मायाका चीजहरु क्रियाशिल छैनन् । म नै एकमात्र सत्य हुँ । सबैलाई शक्ति दिने मै हुँ । म नै परमब्रम्ह हुँ ।'
यो पनि पढ्नुहोस ।