arrow

‘डर’ पछि १६ वर्षसम्म शाहरुखसँग बोलेनन् सनी देवल

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
sunny-deol-shah-rukh.jpeg

काठमाडौं ।  शाहरुख खान, सनी देवल र जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । यो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । तर, यो फिल्मले शाहरुख र देवलको बीचमा लडाइँको अवस्था उत्पन्न गरेको थियो । यो फिल्मपछि सनी देवलले शाहरुख खानसँग बोल्न छाडेका थिए ।

इन्डिया टीभीको शोको क्रममा उनले यो घटनालाई पुनः याद गरेका थिए । उनलाई १६ वर्षसम्म शाहरुख खानसँग नबोल्नुको कारणबारे सोध्दा उनले आफूहरुको बीचमा कुरा गर्ने विषय नै नहुने गरेकोले कुराकानी नभएको बताए ।

सनीले फिल्ममा मानिसले दुवैलाई रुचाएको बताए । तर, फिल्ममा भिलेनलाई धेरै महत्व दिइएको उनको आरोप थियो । आफूलाई निर्देशकले भिलेनलाई यति धेरै महत्व दिन्छन् भन्ने कुरा थाहा नभएको उनले सुनाए । त्यतिबेला सनी देवल ठूला स्टार थिए । यसकारण यश चोपडाले राहुल मेहरा र सुनील मल्होत्रामध्ये एउटा भूमिका चयन गर्न प्रस्ताव गरेका थिए । यस्तोमा सनीले सकारात्मक भूमिका चयन गरेका थिए ।
 
उनले अन्तर्वार्तामा आफूलाई सकारात्मक भूमिकालाई महत्व दिने अपेक्षा रहेको बताए । उनले आफूलाई फिल्ममा धोका भएको कारण आफूले त्यसपछि यशराजसँग कहिल्यै पनि काम नगरेको बताए ।

‘डर’ फिल्मको शुटिङको क्रममा एक सीनमा शाहरुखले सनी देवललाई चक्कु प्रहार गर्नुपर्ने हुन्थ्यो । फिल्मको स्क्रिप्ट नै यो थियो । तर, यस विषयमा सनी देवल र यशकुमारको बीचमा निकै विवाद भएको थियो ।

सनीले सामान्य मानिसले फिल्मको प्रमुख कमाण्डोलाई चक्कु हान्छ भने त्यसो औचित्यको विषयमा पनि प्रश्न उठाएका थिए । तर, निर्देशकका अनुसार सीन गर्नुपर्ने भयो । यो घटनापछि सनी देवल निकै रिसाएका थिए ।

देवल भारतको तल्लो सदन लोकसभाको सांसद बनेका छन् । भाजपाका उम्मेदवार रहेका देवलले हालै शपथ लिएका छन् । उनले पञ्जावको गुरदासपुरबाट सांसद पदको शपथ लिएका हुन् ।  समाचारमा बताइएअनुसार सनी देवलले गुरदासपुरका मानिससँग तथा आफ्नो राजनीतिक दलसँगको छलफलपछि समस्याको सूची तयार पारेर काम सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस्

सांसद बने सनी देवल, आमा छोराले लिए शपथ

हेमा मालिनी र सनी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

सनी देवलले माने अध्यक्ष अमित शाहको प्रस्ताव, भाजपा प्रवेश

सनी देवलको चुनावी प्रचारमा हेमा मालिनी नदेखिने, रिसोर्टमा गर्दैछिन् आराम

कस्तो छ सनी र आमा हेमाबिचको सम्बन्ध



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ