arrow

बढ्यो सनी देवलको समस्या, लोकसभा सदस्यता खारेजीको माग

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
sunny-deols.jpg

काठमाडौं । भारतीय अभिनेता सनी देवल भारतको गुरदासपुरको सांसद बनेसँगै केही न केही विवादले उनको पिछा छाडेको छैन । लोकसभा निर्वाचनमा निर्धारित सीमाभन्दा बढी खर्च गरेको मामिलामा उनको समस्या बढेको छ ।

उक्त निर्वाचनमा उनले साढे ८ लाख भारु बढी खर्च गरेको पाइएको हो । जिल्लास्तरीय चुनाव निगरानी कमिटीले आफ्नो जाँचको रिपोर्ट राज्य चुनाव आयोग पठाएको छ । यससँगै उनको लोकसभाको सदस्यता खारेजी गर्नुपर्ने आवाज उठ्न थालेको छ । चुनावमा उनका प्रतिद्वन्द्वी सुनील जाखडले उनको संसद सदस्यता रद्द गर्नुपर्ने माग गरेका हुन् ।

लोकसभा चुनावको लागि एक प्रत्याशीले ७० लाख भारुसम्म खर्च गर्न पाउने भारतीय निर्वाचनको व्यवस्था छ । यो रकमभन्दा सनीले ८ लाख ५१ हजार भारु बढी खर्च गरेका हुन् ।

यसअघि प्राथमिक प्रतिवेदनमा भने उनले निर्धारित सीमाभन्दा १८ लाख भारु बढी खर्च गरेको पाइएको थियो । यस विषयमा जिल्ला चुनाव अधिकारीले सनीलाई आफ्नो पक्ष राख्न सूचना जारी गरेका थिए । जवाफमा सनीका वकिलले केही खर्चको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि जिल्ला स्तरीय जाँच कमिटीले पुनः जाँचको निर्देशन दिएको थियो ।

सनी देवलका वकिलले भने जाँच कमिटीले अतिरिक्त खर्च गरेको साढे ८ लाख भारुको प्रमाण नदिएको बताएका छन् । उनले राज्य चुनाव आयोगमा यो निर्णयको विरुद्धमा चुनौती दिने बताएका छन् । सन् २००७ मा यसै मामिलामा उत्तर प्रदेशका विधायक उमलेश यादवलाई तीन वर्ष अयोग्य ठहर गरिएको थियो ।

भारतमा भएको लोकसभा निर्वाचन २०१९ मा सनी देवलले भारतीय जनता पार्टीको तर्फबाट जित हासिल गरेका थिए । अभिनेता देवल पहिलो पटक संसद बनेका छन् । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए  ।

सनी देवलले पञ्जावको गुरदासपुरबाट निर्वाचनमा जित हासिल गरेका हुन् । सनी देवलले कांग्रेसका सुनील जाखडसँग प्रतिस्पर्धा गरेका थिए । यो सिट भाजपाको पारम्परिक सिट मानिन्छ । यसअघि सो सिटमा दिवंगत अभिनेता विनोद खन्ना चुनाव लड्ने गर्थे ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका थिए ।

यो पनि पढ्नुहोस्

सांसद बने सनी देवल, आमा छोराले लिए शपथ

हेमा मालिनी र सनी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

सनी देवलले माने अध्यक्ष अमित शाहको प्रस्ताव, भाजपा प्रवेश

सनी देवलको चुनावी प्रचारमा हेमा मालिनी नदेखिने, रिसोर्टमा गर्दैछिन् आराम

कस्तो छ सनी र आमा हेमाबिचको सम्बन्ध



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ