arrow

मदरसामा समेत लोकप्रिय हुँदै संस्कृत, कुरानसँगै पढाइन्छ भागवत  

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
madarsa-sanskrit.png

काठमाडौं । मदरासा शिक्षा ईस्लामहरुको परम्परागत शैक्षिक केन्द्र हो । यसमा उर्दू भाषामा कुरानको साहित्यिक पक्ष र व्यवहारिक पक्षलाई बुझाउने र पढाउने गरिन्छ । तिनै मदरासाहरुमा अहिले उर्दूमात्रै होइन देवभाषा संस्कृतलाई पनि स्थान दिन थालिएको छ । सबै भाषाको जननी मानिने संस्कृत पढ्नको लागि मदरसामा पढ्ने विद्यार्थीहरुले इच्छा गरेपछि भारतको विभिन्न प्रान्तका मदरसाहरुमा संस्कृत समेत पढाउन थालिएको छ। पछिल्लो समय मदरसामा पनि आधुनिक विषयहरु समेत जोड्ने प्रयास गरिएको छ । मदरसालाई सहजै बुझ्नको लागि हिन्दू धर्मशास्त्र बुझ्नको लागि जसरी हामी गुरुकूल परम्परासँग जोडिन्छौं । हिन्दूहरुको गुरुकूल जस्तै ईस्लाम धर्मालम्बीहरुको पारम्परिक शिक्षाको केन्द्र हो मदरसा । 

यो पनि पढ्नुहोस् :

१. संस्कृत ग्रामको लागि ५ गाउँमा काम सुरु, केही वर्षमा नै ३ दर्जन गाउँमा सबैले संस्कृत बोल्ने

हामी संस्कृतलाई केवल हिन्दूहरुको भाषा भन्छौं । यो त केवल हिन्दूहरुको भाषा होईन सबै भाषाको जननी हो भन्ने कुरा पछिल्लो समय उर्दू पढाई हुने मदरसामा समेत लोकप्रिय बनेको संस्कृतले पनि देखाउने गरेको छ । सन् २०१७ मा उत्तर प्रदेशको कन्नौज जिल्लामा मदरसामा उर्दूसँगै संस्कृतको समेत पढाई हुन सुरु भएको थियो । विस्तारै यसले लोकप्रियता पाउँदै जाँदा राजस्थान लगायत भारतका विभिन्न स्थानहरुमा समेत संस्कृतले लोकप्रियता पाउने गरेको छ ।

यो पनि पढ्नुहोस् :

२. संस्कृत, वेद र योग विधामा अनुसन्धान गरिने

कन्नौंज जिल्लाको मुख्यालय भन्दा करिब पाँच किमी टाढा रहेको मदरसा एसए पब्लिक मेमोरियल स्कूल हाजीगञ्ज, कन्नौजमा २०१७ देखि निरन्तर संस्कृत अध्यापन गराउँदै आइएको छ । यहाँको मूल भाषा उर्दू हो । तर, यहाँ संस्कृत समेत पढाउने गरिन्छ । त्यो सँगै आसपासका विभिन्न जिल्लाहरुमा समेत मदरसामा संस्कृत पढाइ हुने गरेको विषय मदरसा सञ्चालकहरुले बताएको कुरा भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मदरसाका प्रबन्धक शेख सलाउद्दीनका अनुसार सो मदरसामा संस्कृत पढाउनको लागि रेशमी सैनीनामकी शिक्षिकालाई जिम्मेवारी दिइएको छ । त्यहाँ मुस्लिम बच्चाहरु पनि मन लगाएर संस्कृतको पढाई गर्दछन् । 

यो पनि पढ्नुहोस् :

३. यस्ता वकिल जो ४० वर्षदेखि संस्कृत भाषामा वकालत गर्दै आएका छन्

अर्को तर्फ झीलहरुको नगरी नामले प्रसिद्ध राजस्थानको उदयपुर शहरको एक मदरसामा समेत बच्चाहरुलाई संस्कृत पढाउने गरेको भारतको चर्चित पत्रिका दैनिक जागरणको अनलाईन संस्करणमा उल्लेख छ । बच्चाहरुलाई संस्कृत पढाउनको लागि यस मदरसामा संस्कृतको शिक्षकलाई नियुक्त समेत गरिएको छ । 

यो पनि पढ्नुहोस् :

४. नासा पनि सिक्दै छ संस्कृत, कारण यस्तो

उदयपुरको महावातवाडी इलाकामा सञ्चालित मदरसामा ५ कक्षा पास गरेपछि बच्चाहरुलाई उर्दू भाषालाई आफ्नो तेस्रो भाषाको रूपमा चुन्नु पर्दछ। तर, त्यहाँ पढ्ने ६ जना गैर-मुस्लिम विद्यार्थीहरुले संस्कृतलाई आफ्नो तेस्रो भाषाको रुपमा पढ्ने इच्छा देखाए । त्यसपछि मदरसाले संस्कृत शिक्षक नै नियुक्त गरेर अरु विद्यार्थीहरुलाई समेत संस्कृत पढाउन थालेको हो ।  त्यहाँ अहिले १२२ जनाले अध्ययन गर्दै आएका छन् । 

यो पनि पढ्नुहोस् :

५. योगी सरकारका सबै विज्ञप्ती संस्कृतमा, संस्कृत प्रचारका लागि बढाइयो खर्च

उत्तराखण्डको मदरसामा पढ्ने बच्चाहरुले पनि अहिले कुरानका साथ-साथ श्रीमद्भगवतगीताको समेत शिक्षा लिने गरेका छन् । उत्तराखण्ड मदरसा एजुकेशन बोर्डले अब यही वर्षको शैक्षिक वर्षदेखि राज्यको मदरसामा संस्कृत र कम्प्यूटर साइन्सलाई वैकल्पिक विषयको रुपमा पढाउन थालेको छ । 

यो पनि पढ्नुहोस् :

६. नासाका प्रमुख लाईटफुट भन्छन् : 'म पनि स‌ंस्कृत सिक्दैछु'

नवभारत टाइम्सको एक रिपोर्ट अनुसार उत्तराखण्ड स्टेट कौसिल अफ एजुकेशनल रिसर्च एण्ड ट्रेनिङ्गको अडिशनल डायरेक्टर पुष्पा जोशीको अगुवाईमा ६ सदस्यीय समितिले यस प्रस्तावमा सहमति जनाएको हो । अहिले राज्यको झण्डै २९७ रजिस्टर्ड मदरसमा विद्यार्थीहरुलाई गणित, विज्ञान, आयुष र सामाजिक विज्ञानलाई नै वैकल्पिक विषयको रुपमा पढाएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ