arrow

तुलसीदासले किन भने अरब-खरबको सम्पत्तिको के काम ?

रामायणमा वर्णित शंकर भजन के हो ? (भाग ३)

logo
ज्ञान,
प्रकाशित २०७६ पुष १८ शुक्रबार
goswami-tulsidas.jpg

सन्त ब्रह्मानन्दजीको एउटा भजन छ-

अचरज देखा भारी साधो, अचरज देखा भारी रे।।
गगन बीच अमृत का कुवां, झरे सदा सुखकारी रे।
पंगु पुरुष चढ़े बिन सीढ़ी, पीवे भर-भर झारी रे।।
बिन बजाये निसदिन बाजे, घंटा शख्न नगारी रे।
बहरा सुनसुन मस्त होत है, तनकी ख़बर बिसारी रे।।
बिना भूमि के महल बना है, ता में जोत उजारी रे।
अंधा देख देख सुख पावे, बात बतावे सारी रे।।
जीता मर कर फिर जीवे, बिना भोजन बलधारी ।
ब्रह्मानन्द संतजन विरला, समझे बात हमारी रे ।।

सन्त ब्रह्मानन्दले भनेका छन् सन्तहरुमा पनि कसै-कसैले मात्र यो कुरालाई सम्झन्छन् । गगनको बिच अमृतको कुवा छ जसबाट सदा अमृत टप्किरहेको छ । अपांग पुरुष विना सीढि त्यो अमृतलाई पिइरहेको छ । नबजाइ  घंटा, शंख, मृग आदि आफै बजिरहेका छन् त्यसलाई बहिराले सुनेर मस्त भइरहेको छ । बिनाभूमि महल बनेको छ जसलाई अन्धाले देखेर आनन्दित भइरहेको छ । भोजन बिनै जीव बाचिरहेको छ ।  ब्रह्मानन्द तथा संतहरुको यो कुरा अनुभव  गर्नेले मात्र बुझ्छन्।

गरीबहरूले दाल-रोटी खाएर फोहर बनाउँछन् । अनि धनीहरूले ८४ व्यन्जन हलुवा, पूरी आदि अनेक मीठा-मीठा चीजहरू खाएर त्यसको फोहर बनाउँदछन । गरीबहरू गाउँ-घरका जाँतो समान हुन् जसलाई फोहर बनाउने जाँतो भन्न सकिन्छ अनि धनीहरू शहरका मिल हुन जसलाई फोहर पिस्ने मिल भन्दा हुन्छ, किनभने उनीहरुले ८४ व्यन्जन खाएर पक्वानहरू खाएर फोहर बनाउँदछन् । यहि हो उनीहरूको गौरवको बिषय | भन्नुको अर्थ यो हो कि मानिस चाहे जति नै ठूलो किन नहोस, उसकोमा चाहे जति नै धन किन नहोस। आखिर त्यो सबै उसको के कामको? किनभने सन्त तुलसीदासले भनेका छन-

अरब खरब लौ सम्पदा, उदय अस्त लौ राज।
तुलसी जो निज मरन है, आवे कौने काज।।

चाहे अरब-खरबको सम्पत्ति होस्, जहाँबाट घाम झुल्कन्छ अनि जहाँ गएर अस्ताउँछ त्यति विशाल साम्राज्य होस, तर आखिर एक दिन मर्नु पर्छ भने, त्यो सबै के कामको वा त्यसको के काम आउछ? गरीबहरूले रुक्खा-सुक्खा खाएर फोहर बनाउँछ अनि धनीहरूले पनि मीठो-मीठो खाएर फोहर मात्र बनाउँछ भने, त्यस्ता मानिसहरु यदि लाख वर्ष बाँच्यो भने पनि त्यसको के फाइदा? मनुष्य जन्म लिनुको फाइदै उसको लागि के भयो? यसरी खाएर त सुँगर, कुकुरहरु पनि बाँचिरहेका छन् । यसैले भनेको छ-
जननी जने तो भक्त जन, या दाता वा सूर।
नहीं तो जननी बाँझ भली, काहे गँवावे नूर।।

अर्थात् आमाको कोखबाट जन्म होस् त भक्तको, हरिश्चन्द्र जस्ता दानीको या शूरवीरको जन्म होस्, नत्र कोहि नजन्मेकै राम्रो हो।

कुरुक्षेत्रको मैदानमा श्रीकृष्णलाई अर्जुन भन्छन्, 'हे प्रभु यो मन हावाभन्दा पनि तेज छ, यसलाई रोक्नु सम्भव छैन।' भगवान कृष्ण भन्नुहन्छ, 'मनलाई वशमा गर्न वास्तवमा कठिन छ, तर असम्भव छैन । मनलाई अभ्यास र वैराग्यद्वारा वशमा गर्न सकिन्छ ।'

तर अभ्यास कसरी गर्नु? रामायण, गीता त सबैले पढेर सनाउदछन, तर जुन मर्मको कुरा छ, त्यो यहि हो। बाटो यदि थाहा छ भने मानिस एक दिनमा, दुई दिनमा, या तीन दिनमा आफ्नो गन्तव्यमा अवश्य पुग्छ, तर बाटो नै थाहा छैन भने गन्तव्य स्थानमा पुग्छ कसरी? साथै अभ्यास गर्ने कसरी? वैराग्य केलाई भन्छ? यसलाई भगवान मानेर यसमा मनलाई लगाउनुहोस मन संग हटने छ, फेरि यसबाट हटाएर भगवानमा लगाउनहोस।
समिरन सुरति लगाय क, मुख स कछ न बोल।
बाहर के पट देय क, भातर के पट खोल।।

भगवानमा मन लगायो, ध्यान लगायो मन भाग्छ, फेरी मनलाई फर्काएर भगवानमा मन लगायो, मन फेरि भागेर जान्छ र अन्य चीजहरुको चिन्तन गर्न थाल्दछ, फेरि त्यसबाट मनलाई हटाएर भगवानमा लगायो, यसरी बारबार मनलाई सांसारिक चीजहरूबाट हटाएर भगवानमा लगाउनुको नाम हो अभ्यास । अनि सांसारिक चीजहरूप्रति जसको राग (प्रेम) छैन वा आसक्ति हुँदैन, त्यसलाई वैराग्य भनिन्छ । यसकारण कुन चीजमा मनलाई जोड़नु छ, यो जान्नु आवश्यक छ।

तपाईहरुले जुन पूजा-पाठ गर्नुहन्छ, त्यस समय तपाईहरूको मन कहाँ रहन्छ? हाम्रा बाह्य इन्द्रियहरू छन् (पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, एघारौं मन अनि बाहों बुद्धि), यी कुनै द्वारा भगवानलाई जान्न सकिंदैन । अष्टांग योगको सातौं अंग ध्यान हो अनि ध्येय र ध्याताको एकताको नाम समाधि हो। त्यही समाधि अवस्थामा भगवानको ज्ञान हुन्छ । जसरी मिश्रीको डल्ला जिब्रोमा राख्नसाथै त्यसको मिठासको ज्ञान हुन्छ, मिठासको अनुभव हुन्छ, तर यदि मिश्री मीठो या गुलियो हुन्छ भनेर पढिमात्र रहने, सुनिमात्र रहने हो भने मिठासको अनुभव गर्न सकिदैन । यसलाई भन्छन् 'सुगा रटाई' । गीता पढेर याद गर्नु र त्यसका श्लोकहरू सुनाउन यो सबै सुगा रटाई नै हो।

भन्नुको अर्थ सत्संग सुनेर त्यसभन्दा अगाडिको कुरा पनि जान्न आवश्यक छ। जसले जान्न चाहँदैन वा ज्ञानको बारेमा सोच्न चाहँदैन, केहि भन्नु छैन अनि त्यसमा नोक्सान त उसैको छ, मनुष्य जन्म त उसैको व्यर्थ जानेछ अनि यदि साँचो चीजलाई जान्यो भने लाभ पनि उसैलाई हुनेछ। भगवानको त्यो सत्य नामको बारेमा गुरु नानकदेव, कबीरदासजी आदि सन्त-महात्माहरुका साथै रामायणमा भनिएको छ-

बंद पुरान संत मत एह। सकल सकत फल नाम सनह ।।
काल कर्म न भगति विवेक। राम नाम अवलंबन एकू।।

अर्थात् कलिकालमा एकमात्र नामको सहारा छ, अरु कुन उपाय छैन। नामको स्मरण, ध्यान-साधना द्वारा नै सबै कालमा मनुष्यको कल्याण हुन्छ।

समुद्रको पानीलाई मीठो बनाउन चाहन्थे रावण

रामायणमा वर्णित शंकर भजन के हो ? (भाग १)

भगवान कृष्णका अनन्य उपासक सूरदासले आफैलाई किन भने नमक हरामी ?

रामायणमा वर्णित शंकर भजन के हो ? (भाग २)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ