- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाम्रो पाँच ज्ञानेन्द्रियहरू र पाँच कर्मेन्द्रियहरू छन् । पहिले एक शब्द भयो, शब्दबाट आकाश बन्यो। आकाशबाट वायु बन्यो, वायुबाट अग्नि बन्यो। अग्निबाट जल बन्यो अनि जलबाट पृथ्वी बन्यो । यी पाँच महाभूत भए जसलाई हामी पाँच तत्त्व पनि भन्दछौं अनि जब संसारको अन्त्य हुनेछ विनाश हुनेछ, तब फेरि पृथ्वी जलमा, जल अग्निमा, अग्नि वायुमा, वायु आकाशमा अनि आकाश शब्दमा लीन हुने छ।
आकाशको गुण पनि शब्द हो। आकाशको सतोगणको अंशबाट ज्ञानेन्द्रियहरू बने। शब्द कति प्रकारका छन, तर सुन्नु नै कानको काम हो। वायुबाट त्वचा इन्द्रिय बन्यो । अग्निको सतोगुणी अंशबाट आँखा इन्द्रिय बन्यो। आँखाको काम हो रूप हेर्नु। जल तत्वको सतोगुण अंशबाट रसना इन्द्रिय (जिब्रो) बन्यो अनि रसनाको काम हो रस लिनु अमिलो, मीठो, तितोको ज्ञान हुन् । पृथ्वी तत्त्वको सतोगुण अंशबाट हाम्रो घ्राण इन्द्रिय नाक बन्यो जसको काम हो गन्ध ग्रहण गर्नु, सुगन्धको ज्ञान राख्नु ।
यी सबै इन्द्रियबाट हामीलाई जति पनि ज्ञान हुन्छ-शब्द, स्पर्श, रूप, रस, गन्ध यी सबैलाई पञ्चतन्मात्रा भनिन्छन्। पञ्चतत्व या पञ्च महाभूत भयो-आकाश, वायु, अग्नि, जल र पृथ्वी । अनि पृथ्वीबाट पाँच कर्मेन्द्रियहरू बनेका छन- वाक इन्द्रिय बोल्छ, हातले हाम्रो काम गर्छ । उभिएर हिंडछ। उपस्थ इन्द्रियले मलमूत्र त्याग गर्छ। पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, दस भयो अनि एघाह्रौं मन जसले विषयहरूको चिन्तन गर्छ । बाह्रौं बुद्धि जसले हर चीजको निश्चय गर्छ । यो बह्र इन्द्रियहरू हामीसंग छन्।
योग शास्त्रमा योगको आठ अंग बताएको छ-यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । यसमा सातौं अंग हो-ध्यान । 'भगवानलाई समाधिमा जानिन्छ । जसरी गुडको डल्ला छ, तर यसलाई देखेर पनि मिठासको ज्ञान हुँदैन । वर्णन गर्नाले पनि मिठासको ज्ञान हुँदैन। मिठासको ज्ञान कसरी हुन्छ? जब गुडको यो डल्ला मुखमा राखेर खाने छौं, तब हामीलाई मिठासको ज्ञान हुने छ, अन्यथा गुडको वर्णन गर्नाले हेर्नाले मिठासको ज्ञान हुन सक्तैन।
उस्तै प्रकार जबसम्म मन भगवानको ध्यानमा लाग्दैन अनि ध्यानमा ध्येय, ध्यान र ध्याता एक हुँदैन, तबसम्म समाथि लाग्दैन। ध्याता, ध्यान र ध्येय तीनवटै मिलेर एक हुनुलाई समाधि भनिन्छ । त्यो समाधिमा पूर्ण ज्ञान हुन्छ । चाहे हामी लाखों किताबहरू पढौं, अनेकों किताबहरू लेखौं, चाहे अनेक जन्म धारण गरौं, यो सबै गर्दा-गर्दा थाक्ने छौं, तर प्रभुको ज्ञान हुने छैन । किनभने ज्ञान समाधिमा मात्र हुन्छ । यो शास्त्रहरुले भनिरहेका छन।
गीतामा भनेको छ कि अनन्य भक्ति द्वारा मेरो तत्त्वज्ञान हन्छ । यसैको नाम हो अनन्य भक्ति। उपासना, उपास्य र उपासक; ध्यान, ध्येय र ध्याता; ज्ञान, ज्ञेय र ज्ञाता यी तीन एक हुनुको नाम हो समाधि, अनन्य भक्ति।
भगवानको साँचो नाम बताउनुलाई त गुरुडम भन्छौ, तर ए, बी, सी, डी, सिक्न र त्यसको अभ्यास गर्नुमा जुन पन्ध्र बर्ष लगाउँछौ (स्नातक गर्न), के त्यो गुरुडम होइन? आफैं- आफ किन सिक्दैनौ. किन पढ़दैनौ? सोच, २६ अक्षरहरू (अंग्रेजीको) रटनुमा पन्ध्र बर्ष लगायौ, तर भगवानको साँचो नाम जान्नको लागि गुरु धारण गर्ने आवश्यकता मानिसहरुले सम्झ्दैनन् । कबीरले भनेका छन्-
सबके पल्ले लाल है, सब ही साहूकार।
गाँठ खोल परखा नहीं, याते रह्यो कंगाल ।।।
कबीरा सब जग निर्धना, धनवन्ता नहिं कोय।।
धनवन्ता सोड ज्ञानिए, जाके राम नाम धन होय।।।
सबैको पल्ला भरी छ, सबैजना मालिक हुन् । आफै भित्र रहेको गाठो खोल्न पर्खन हुन्न नत्र कंगल नै रहिनेछ । कबीर मानिसलाई धनवान बनाउन प्रार्थना गरिरहेका छन् । प्रभुको सच्चा नामलाई जानेर नामरूपी धन संचय गर भनेर भनिरहेका छन् ।
गीताको अध्याय ८ को श्लोक ५ मा भगवानले भन्नुभएको छ,' जसले अन्तिम समयमा मेरो याद गर्दै शरीर छोडछ, उसले मलाई प्राप्त गर्छ ।' तर अन्तिम समय के कसैलाई थाहा छ? कसैलाई थाहा छैन । सारा जीवन त राम-राम या तन्त्र-मन्त्रहरू रटिरहे, तर विचार गर्नुछ जब गीतामा लेखेको छ अन्तिम समयमा मेरो याद गर्नेले मलाई प्राप्त गर्छ भने अन्तिम समयमा भगवानको याद कसरी गर्न सक्ने छौ? जुन तन्त्र-मन्त्र जपिरहेका छौ, त्यो जप्न त रातैमा बन्द हुन्छ, फेरि अन्तिम समयमा जब जिब्रो लर्वराउछ , हात-खुट्टा अक्कडिन्छ, त्यस समय मन्त्रहरू कसरी जप्न सक्ने छौ? यो कुरा कसैले सम्झयो भने राम्रो हो, नत्र कबीरले भनेका छन।
कबीरा तेरी झोपड़ी, गलकड़ों के पास।
जो करेगा सो भरेगा, तू क्यों भया उदास ।।
जुन मनुष्य आफ्नो जीवनमा जस्तो काम गर्छ उसले आफ्नो कर्मको फल अवश्य पाउनेछ । यसकारण साचो नामलाई जान्नुपर्नेछ । आजकल मानिसहरू गुरु बनाउँछन्, वास्तवमा गुरु बनाउने चीज होइन, गरु त पहिल्यै बनी बनाई हन्छ। बस, उनको आत्मालाई चिनेर सेवा भाव द्वारा प्रसन्न गराउनु पर्दछ, तब उनले साचो नामको ज्ञान उपदेश दिने छन्।