arrow

'अडियोटेप काण्डमा प्रधानमन्त्री महिना दिन चुप रहनु : भ्रष्टाचारीका संरक्षक त होइनन्'

बास्कोटालाई पकाउ गरि फोरजी सेवा विस्तारमा समेत अनुसन्धान बढाउन माग

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
gokul-baskota-sanchar-mantri.jpg

काठमाडौं । सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएपछि राजीनामा दिएका निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन माग गरिएको छ ।  

समाजवादी पार्टीको युवा संगठन समाजवादी युवा संघले निवर्तमान मन्त्री बास्कोटालाई फोरजी सेवा विस्तार र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद काण्डमा अनुसन्धान अगाडि बढाउन सरकारसंग माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र निवर्तमान बास्कोटाले सेक्युरिटी प्रिन्टीड प्रेसको खरिदपछि  बास्कोटाले राजिनामा दिएको समाचार प्रति समाजवादी युवा संघले ध्यानाकर्षण जनाएको छ ।

संघका महासचिव जितेन्द्र सिंह महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र बास्कोटा यस अघिनै नेपाल टेलीकमको फोरजी सेवा विस्तार सम्बन्धि सम्झौतामा अरबौको भ्रष्टाचार गरेको सर्वत्र शंका भैरहेको सन्दर्भमा सबैले सुन्ने र वुभने गरि सेस्परिटी प्रिन्टीड प्रेसको खरिदमा ७० करोड कमिसनको काण्ड सार्वजनीक भैसकेकोले गोकुल बास्कोटालाई तत्काल पकाउ गरि मुख्यतह फोरजी सेवा विस्तार र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद काण्डमा अनुसन्धान अगाडि बढाउन सरकार संग जोडदार माग गर्दछौं।'

करीब एक महिना अगाडिनै बास्कोटाको अडियोटेप काण्ड प्रति जानकार प्रधानमन्त्री केपी शर्मा ओली सो घटना संचार माध्यमहरुमा सार्वजनिक हुनु अगाडिसम्म मौन रहनु, नेकपाका महासचिव तथा ओलीका प्रियपात्र विष्णु पौडेलको बालुवाटार जग्गा काण्डमा पौडेलको पक्षपोषण गर्नु, नेपाल ट्रष्टको जग्गा यती समुहलाई कौडिको भाउमा दिने विवादस्पद निर्णय गर्नु, क्वीन्टलका क्वीन्टल सुन काण्ड र बहुचर्चित वाइडबडि काण्डमा ओली सरकारले कुनै उलेख्य अनुशन्धान अगाडि नबढाउनुले कतै प्रधानमन्त्री केपी ओली नै भष्टाचार र भ्रष्टाचारीका संरक्षक र सम्बर्दक त होइनन् भन्ने गम्भिर आशंका आम जनसमुदायमा उत्पन्न गराएको छ।

विज्ञप्तिमा,' नेकपाको यो सरकारले दुई वर्षमै काण्डकाण्डमा पुराना सबै सरकारको रेकर्ड तोडेर नयाँ रेकर्ड राख्नुले अझै तीन वर्ष यहि सरकार रहे नेपाल र नेपाली जनताका लागी दुःखद, कष्टकर र असहय हुने निश्चत प्राय छ, त्यसैले जागरुक र सचेत आम देशप्रेमी जनसमुदाय र युवाहरुलाई काण्डकाण्डमा चुर्लुम्म डुबि सकेको ओली सरकारको आ-आफ्नो ठाउँ र आ-आफ्नो तरिकाले कडा भन्दा कडा प्रतिबाद र विरोध गरि सुशासन राज्य निर्माणमा योगदान गर्न समाजवादी युवा संग हार्दिक आव्हान गर्दछ ' उल्लेख छ ।

संघले नेकपा पार्टिलाईनै सचेत नेपाली जनताले वाग्मतीमा बगाइदिने चेतावनी दिएको छ,' ओली सरकारका काण्डैकाण्ड देखदा पक्कैपनि नेपाली जनताले चोरलाई चाबी दिएको अनुभुति गरेका छन् । राज्यकोष माथिको रेकर्डतोड ग्रामलुट ओली सरकारले नरोके ओली सरकारलाइ मात्र नभई समग्र नेकपा पार्टिलाईने सचेत नेपाली जनताले वाग्मतीमा बगाइदिने चेतावनी ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ