arrow
ADVERTISEMENT

२७ वर्ष पछि ग्यासखानी अध्ययन कार्य दैलेखबाट शुरु (क्रमविकाश सहित)

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
industry-ministry.jpg.jpeg
काठमाडौ। दैलेख लगायत नेपालको विभिन्न स्थानमा पेट्रोलीयम खानीको सम्भाव्यता र जमिन भित्र हुन सक्ने भण्डारणको अध्ययन गर्न चिनको विज्ञ टोली सहित उद्योगमन्त्री सोमप्रसाद पाण्डेय आज दैलेख जादै छन्। नेपाल सरकार र चिनीयाँ सरकारबीच भएको जिटुजी (G2G) सम्झौता अनुसार काम शुरुगर्न चिनीयाँ टोली नेपाल आएको हो। सो कार्यको सुरुवात दैलेखबाट गर्नको लागी हामी दैलेख हिडेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताए। 
 
उद्योग मन्त्रालयको प्रविबद्धता अनुसार लामो समयदेखी थाती रहेको नेपालका पेट्रोलियमको भण्डारण पत्ता लगाई उत्खनन् गर्ने कामको सुरुवात दैलेखबाट सुरु हुने भएको छ। उद्योग मन्त्रालयको पहलमा चीन सरकार संग गरेको जिटुजि सम्झौता अनुसार नेपालमा रहेको खानीहरुका भण्डारण क्षमता पक्ता लगाउने र सम्भव भएमा उत्खनन्मा समेत सहयोग गर्ने कार्ययोजनाका साथ चीन सरकारको प्रतिनीधि मण्डल सम्झौता भएको एक महिना नेपाल आएका हुन्।
 
टोलीमा चीन सरकारको तर्फबाट बरिष्ठ जीयोलोजिष्ट ज्याङ्ग दाक्युन लगायत ६ जना वैज्ञानीकहरुको सहभागीता छ। विज्ञ टोलीले जिपियस जियोलोजिष्ट सिस्टमबाट अध्ययन गरि भण्डारण पत्ता लगाउने खानी विभागका पेटोलियम अन्वेषण शाखा प्रमुख सहसचिब सुधिर रजौरियाले जानकारी दिए।
 
टोलीले दैलेख लगायत चुरे पहाड रेन्जका पाल्पा, चतरा लगायतका स्थानमा २५ दिन सम्म अध्ययन गर्नेछ। टोलीले अध्ययन पछि परिणाम अनुसार उत्खनन् गर्ने वा नगर्ने निर्णय गर्ने खानी विभागले जानकारी दिएको छ। 
 
नेपालमा रहेका खानीहरुको उत्खनन् भएमा मुलुकमा नाकावन्दी लगायताको बेलामा भएको इन्धन समस्या समाधान हुनुका साथै मुलुक आत्मनिभरता तर्फ उन्मुख हुने नेपालीको चाहना छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै खानी अध्ययन र अन्वेषणको कामलाई अगाडी बढाएका छन्।
 
नेपालमा रहेका खानीहरु कुन कुन स्थानमा के कती मात्रामा रहेका छन् सोको अध्ययन गरि ३ वर्ष भित्र पुरा विस्तृत विवरण तयार पार्नेको लागी खानी विभागलाई निर्देशन दिईसकेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले जानकारी दिए।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ