arrow

राष्ट्रपति एर्दोन टर्कीको गिर्दो अर्थतन्त्रका प्रमुख पात्र

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १४ बुधबार
turkey1.jpeg

काठमाडौं। राष्ट्रपति रिसेप ताइप एर्दोनको इस्लामी महत्वाकांक्षाले टर्कीको अर्थतन्त्रलाई संकटमा पारेको छ। गत जनवरीयता पूर्वी भुमध्य देशहरुले टर्कीबाट ८ अर्ब अमेरिकी डलर लगानी फिर्ता लगेका छन्।

एर्दोनले विभिन्न पक्षहरुसँग युद्धको तरंग मच्चाइ रहेका छन्। पूर्वी भुमध्यमा ग्रिकलाई बन्द गरेका एर्दोनले लिबियामाथि आतंक मच्चाएर फ्रान्सलाई समेत विच्काएका छन् भने भयानक चाल चालेर क्रिश्चियन संसारलाई नै विरोधि बनाइदिएका छन्।

एर्दोनको चरित्रकै कारण विदेशी लगानीकर्ताहरु टर्कीबाट बाहिरीन लागेका छन् ।  युद्ध र द्धन्द्धको चपेटामा परिरहेको टर्कीमा लगानी गर्न कुनै विदेशीहरु इच्छुक देखिँदैनन्, त्यसकारण टर्कीबाट सबैजसो विदेशी लगानीकर्ताहरु बाहिरीदै छन्।

सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टी (एकेपी)ले १८ वर्षयता टर्कीमा सत्ता चलाउँदै आएको छ। सुरुवाती केही वर्षहरुमा एकेपीले प्रतिवर्ष ३५ अर्ब अमेरिकी डलर बरारबको लगानी समेत भित्र्याएको थियो।

टर्की एक उदाउँदो अर्थव्यस्थाको देशका रुपमा वर्णन गरिएको थियो। विश्व बैंकका अनुसार टर्कीको सामाजिक र आर्थिक विकासको अवस्था सन् २००० यता एक माथिल्लो मध्यमवर्गीय आय भएको देशका रुपमा स्थापित हुँदैछ। त्यहाँ रोजगारी एवं अन्य विकासका कार्यहरुले निकै नै गती लिएको जनाएको छ।

तर, एर्दोनले ‘वान म्यान’ कार्यकारी शासन सुरु गरेसँगै त्यहाँको स्थिती भयानक खस्किन लागेको हो। विश्व बैंकले नै पछिल्लो समय अर्थव्यस्थामा बढ्दो उतार चढाव एवं अस्थिर सुरक्षा स्थितीका कारण टर्कीको विकासको गतीमा ठेस लाग्न थालेको जनाएको छ।

यसबाहेक पछिल्लो समय टर्की भूराजनीति तनाबमा समेत अल्झिन थालेको छ। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले टर्कीमा बाहिरी पञ्जा पर्न थालेको जनाएका छन्।

टर्कीको केन्द्रीय बैंकका अनुसार यसवर्ष त्यहाँको सेयर बजारमा ठूलो गिरावट आएको छ। करिब साढे ३२ अर्ब डलरको बजार साढे २४ अर्बमा खसेको छ।

सन् २०१३ मा सेयर बजार ८० अर्ब अमेरिकी डलर समेत पुगेको थियो। तर, १६ वर्षमा पहिलो पटक स्तानबुलस्थित स्टक एक्सचेन्जमा विदेशी लगानी ५० प्रतिशत भन्दा कममा झरेको छ।

पछिल्ला दुई दशक टर्कीका लागि निकै रोमाञ्चक रहे। विदेशी लगानीले टर्की निकै धनी बन्यो। तर, इस्लामीस्ट हटबेडबाट विदेशी लगानी फिर्ता हुन थालेसँगै टर्की अहिले आर्थिक संकटमा पुगेको छ। त्यहाँको मुद्रास्फुर्ति पनि अभुतपूर्वरुपले बढेको छ।

टर्कीको मुद्रा लिरा गत मे महिनामा निकै कमजोर अवस्थामा पुगेको थियो। इतिहासमै टर्कीको मुद्रा गिरावटले नयाँ कृतिमानी राख्यो। यसै अवस्थामा टर्कीको मुद्रास्फुर्ति पनि करिब १३ प्रतिशत पुगेको छ। विदेशी लगानी घट्दै जाँदा, मुद्रास्फुर्ति बढ्नु र सेयरबजारमा गिरावट आउनुले टर्कीको अर्थव्यस्था अहिले नै सामान्य स्थितीमा पुग्न नसक्ने विश्लेषकहरुको भनाइ छ।

स्तानबुल इकोनोमिक रिसर्च सेन्टरका प्रबन्ध निर्देशक कान सेलकुकीले टर्कीको मुद्रामा अझैं गिरावट आउने र अर्थतन्त्रमा अझै झड्का लाग्ने बताएका छन्। सीएनबीसीसँगको अन्तर्वार्ताका क्रममा सेल्कुकीले मुद्रास्फुर्ति पनि अगस्त २०१९ देखि स्थिर रुपमा ८.६ प्रतिशतले बढीरहेको बताएका छन्। कोरोना भाइरसको माहामारीले अर्थतन्त्रमा अझैं गहिरो खाडल बनाइदिने उनको भनाइ छ।

वित्तिय नीतिमा हस्तक्षेप भएन भने बढ्दो विदेशी ऋणले आउँदो महिनामा लिराको गिरावट अझैं बढ्दै जाने उनले बताएका छन्। यद्यपी शक्तिशाली राष्ट्रपति एर्दोन आफ्नो देशमा भइरहेको आर्थिक संटक भएता पनि त्यति तनावमा देखिदैनन्। उनले अर्थविद्हरुको कुरालाई मतलब गरेका छैनन्। मुद्रास्फुर्ति रोक्न ब्याजदर बढाउनु पर्ने अर्थविद्हरु खुलस्तरुपमा भन्छन्। एर्दोनले भने ब्याजदर घटाउने कुरा गरेका छन्। उनले भनेअनुसार ब्याजदर घटाइयो भने ऋण लिन सहज हुनेछ र यसले अझैं बढी तरलताका साथ मुद्रास्फुर्ति झन बढाउने छ।

विदेशी लगानीकर्ताहरु टर्कीको नीति र भुराजनीतिक स्थितीको विरुद्ध छन्। यस्तो अवस्थामा एर्दोनले झनै नाटोका सदस्यहरुलाई धम्की दिइरहेका छन्। यसै वर्ष फ्रान्स र इटालीसँग टर्कीले मनमुटाव बढाएको छ।

यसबाहेक टर्कीले रुस र सिरियाबीचको द्धन्द्धमा रुसी सेनालाई सहयोग गर्दै आएको छ। अझै एर्दोनले ग्रिक क्षेत्रमा सामुन्द्रिक अनुसन्धानका गतिविधिीहरु सुरु गरेको छ भने लिबियामा अन्तर्राष्ट्रिय हतियार प्रतिबन्ध समेत उल्लंघन गरेको छ। युरोपेली आयोगलाई शरणार्थी पठाइदिने भन्दै धम्की समेत दिइरहेका एर्दोनले टर्कीमा पैसा खर्च गर्ने पश्चिमाहरुसँग पनि दुरी बढाएका छन्।

जहाँसम्म टर्कीले भारत पाकिस्तानबीचको विवादमा पाकिस्तानको साथ दिँदै गलत रणनीतिहरुलाई साथ दिइरहेको छ। यो कुराले नयाँदिल्ली र आंकारा (टर्कीको राजधानी)बीच विवाद उत्पन्न छ।

एर्दोनले विश्वभरका मूलुकहरुसँग दुश्मनी गर्नु र त्यहाँबाट माहामारीकै बेला विदेशी लगानी फिर्ता हुनुले टर्कीको अर्थव्यवस्थामा ठूलो संकुचन हुने संकेत गरेको छ।

एर्दोनको इस्लामी कट्टरपन्थीले धर्मनिरपेक्ष टर्कीलाई ध्वस्त पर्‍यो र अहिले एर्दोनको विस्तारवाद र अन्तहिन युद्धका चालहरुले टर्कीको अर्थ व्यवस्थालाई समेत ध्वस्त पार्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ