arrow

भारत र चीन गम्भीर द्धन्द्धको बाटोमा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ३० मंगलबार
china-india.jpg

काठमाडौं। विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेकाबेला भारत र चीनबीच भने गम्भिर सैन्य द्धन्द्धको स्थिति बढ्दै गएको छ। सन् १९६७ पछि गत जुनमा दुईदेशबीच हिंसात्मक झडप भएको थियो। त्यसपछि गत अगस्त २९ र ३१ मा पनि त्यस्तै अवस्था दोहोरियो।

यतिबेला भारतले गलवान उपत्यकामा आफ्नो पहुँच बढाउँदै लगेको छ र उसले चिनियाँ सेनामाथि निगरानी राख्न सक्ने क्षेत्रमा समेत आफ्नो नियन्त्रण ल्याइसकेको छ। जुन चीनले आफ्नो क्षेत्रमा भएको हस्तक्षेप मान्दछ। उच्च हिमाली क्षेत्रका अरुणाञ्चल, सिक्किम, उत्तराखण्डहुँदै हिमाञ्चल प्रदेशको भारत र चीन सीमानामा अब चिसोको मौसमसमेत बढ्दै गएपनि स्थिति भने तातिदै गएको छ।

गतहप्ता भारतीय र चिनियाँ विदेशमन्त्रीबीच भएको वार्ताले कुनै कुटनीतिक दरिलो निर्णय गर्न सकेन्। त्यसकारण पनि दुईदेशबीचको सम्बन्ध कसिलो हुनुपर्नेमा खुकुलो हुँदै गएको छ।

चिनियाँ विदेशनीति निकै नै कठिन हुँदै गएको अवस्था छ। चीनले आफ्नो इच्छा र फाइदाका लागि विभिन्न किसिमका रणनीतिहरु अघि सार्दै लगेको छ। यस्तो बेलामा चीन भारतप्रति झनै आक्रमक बन्नु खोज्नु उचित छ ?

भारत मात्रै हैन अहिले चीनविरोधी सबै शक्तिहरु भारतीय पक्षमा छन्। भारतले अहिले क्वाडलाई समेत बढी महत्व दिँदै गएको अवस्था छ। चीनसँग व्यापारिक द्धन्द्धमा समेत भारत होमिएको छ। भारतले करोडौं मुल्यबराबरका चिनियाँ कम्पनीहरुलाई प्रतिबन्ध गरिदिएको छ।

चीनलाई अब सीमानामा पनि तनाब हुँदै गएको छ। विस्तारवादको नीति अँगालेको चीनले तिब्बत कब्जा गरेजस्तै लद्दाखमा पनि कब्जा गर्न खोजिरहेको छ। 
यद्यपि अब, तिब्बतले विश्वभरबाट स्वतन्त्रताका लागि सर्मथन पाउँदै गएको अवस्था छ र यो चीनकालागि सबैभन्दा ठूलो खतरा हो। त्यस्तै भारतमै रहेका दलाई लामा र तिब्बत संसदले समेत भारतलाई समर्थन गर्दै आएको छ।

यसबाहेक, अब चीनलाई उच्च हिमाली क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेर राख्न समस्या हुने स्थितीको सिर्जना भएको छ। हिउँद लागेसँगै अब उच्च हिमाली क्षेत्रमा माइनस २० देखि ३० डिग्री सेन्टिग्रेटको तापक्रममा चीनले सेना धेरै राख्न सक्ने छैन्। सन् १९४१ मा खराब मौसमकै कारण रेड आर्मीले जमर्न सेनालाई अघि बढ्न दिएको थिएन भने चीनकालागि उच्च हिमाली भागमा मिसाइल आक्रमण समेत भारतविरुद्ध कम हुने देखिन्छ।

यसबाहेक अहिले भारत पूर्णरुपमा चीनविरुद्ध तयार भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरनै विस्तारवादी चीनको यर्थाथ खुलासा गर्दै चीन विरोधी आन्दोलन सुरु गरिसकेका छन्।

अहिले पनि चीन र भारतबीच द्धन्द्धको वातावरण सन् १९६२ को जस्तै छ। त्यतिबेला क्युबन मिसाइल क्रयासका कारण अमेरिकाको ध्यान भारत चीनतर्फ थिएन। त्यस्तै यतिबेला पनि अमेरिका राष्ट्रपतिय निर्वाचनका लागि तयारीमा छ र नोबेम्बरसम्म व्यस्त नै रहने अवस्था छ। यसबीच मौसमको अनुकुलताका कारण यदि भारतबाट आक्रमण भयो भने चीनलाई खतराको स्थिती सिर्जना हुनसक्ने संकेत छ।

अहिले दुईदेशबीचको विवाद सहजै समाधान हुने अवस्थामा छैन्। विदेश मन्त्रीहरुबीच भएको वार्ताले समेत सीमामा भइरहेको अवस्थाका विषयमा कुनै ठोस निर्णय गरेको छैन्। यसविषयमा अमेरिकीन इतिहासकार बारबारा टुचम्यन भन्छन्, ‘युद्ध गलत कुराहरुको पर्दाफास हो।’ र आउँदा केही महिनाहरुले यसको पुष्टि गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ