arrow

मध्यपूर्वमा टर्की पछि हट्यो, तर कहिलेसम्मलाई?

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ३ शनिबार
turkey-geopolitical.jpg

काठमाडौं। टर्कीले पूर्वी भुमध्यसागरबाट आफ्नो पानीजहाज ओरुक रिस फिर्ता ल्याएको छ। ग्रिक र साइप्रससँग विवाद क्षेत्रमा भुमध्यसागरको पानीबाट हाइर्डोकार्बन (पेट्रोलियम इन्धन) को ड्रिलिंग (उत्खनन्) गर्नका लागि पठाएको जहाज टर्कीले फिर्ता ल्याएको हो।

टर्कीको युद्धपोतसँगै हाइड्रो कार्बनको अन्वेषण गरिरहेको पानीजहाज विवादित सो क्षेत्रबाट फिर्ता आएर टर्कीको तटिय प्रान्त अन्टल्याको बन्दरगाहमा आएको छ। यद्यपि यो जहाजले यसै महिना (सेप्टेम्बर)को २५ तारिकसम्म त्यहाँ अन्वेषण गर्ने तयारी रहेको थियो।

करिब एक महिनाभन्दा लामोसमयदेखि उच्च विवादका रुपमा रहिआउँदा समेत टर्कीले इन्धन ड्रिलिंग गरेरै छाड्ने हठ राखेको थियो। तर, अचानक अहिले टर्की त्यहाँबाट फिर्ता हुनुलाई विभिन्न कोणबाट आशंका गरिएको छ।

सेप्टेम्बर १३ मा ग्रिक राष्ट्रपति कटेरिना साकेराल्लापोलोउले कास्टेल्लोरीजो टापुको भ्रमण गरेका थिए। ग्रिकको मुख्यभुमीबाट करिब ५ सय माइल टाढा रहेको यो ग्रिक टापुमा करिब ५ सयको आवादी रहेको छ।

उता टर्कीसग तनाव बढिरहेको बेला टर्कीको तटियक्षेत्रबाट १ माइलमात्रै टाढा रहेको यो टापुमा ग्रिक राष्ट्रपति आउँदा टर्कीमा उनको भ्रमणको गलत व्याख्या गरिएको थियो।यसैको बदलामा टर्कीका रक्षामन्त्री र प्रमुख सैन्य अधिकारीले ग्रिक नजिक रहेको टर्कीको कास टापुको भ्रमण गरेका थिए।

अचानक टर्कीले त्यहाँबाट फिर्ता हुनुलाई विभिन्न टिकाटिप्पणीका रुपमा लिइएको छ। यद्यपि टर्कीका उर्जामन्त्रीले भने इन्धन र मर्मतसम्भारका लागि जहाज फिर्ता ल्याएको बताएका छन्, तर यो कुरामा कसैले सहमति भने जनाएका छैनन्।

फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनको बढ्दो अन्तराष्ट्रिय दबाबकाबिरुद्ध टर्कीका राष्ट्रपति रेसिप ताइप एर्दोगन खडा भइरहेका थिए । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साइप्रसको भ्रमण गर्दासमेत टर्कीले आफ्नो कार्यलाई रोकेको थिएन् । पोम्पेओले झन् विवादित क्षेत्रमा आफ्नो ड्रिलिंग रोक्न भन्दै टर्कीलाई सुझाव दिएको थियो । तर, टर्कीले टेरेको थिएन ।

टर्कीकै प्रतिपक्षीले समेत अचनाकको फिर्तीलाई भिन्नै रुपमा हेरेको छ । प्रतिपक्षीले हाइड्रोकार्बन उत्खननलाई टर्कीले छोडेको टिप्पणी गरेको छ। ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टर्कीको यो कदमलाई स्वागत गरेका छन् । उनले अब टर्कीसँग सम्झौताका आधारमा सो क्षेत्रमा अन्वेषण गर्न तयार भएको बताएका छन् ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले भनेल इन्धन र मर्मतसम्भार गरिसकेपछि तुरुन्तै जहाज ड्रिलिंगका लागि जाने भन्दै विपक्षीले गरेको टिप्पणी गलत रहेको बताएका छन् । यद्यपि यो स्पष्ट छ कि एदोर्गन कुनै कुटनीतिभन्दा पनि उनी आफ्नो स्थापनाको स्वार्थमा अडिग छन् । गत १० सेप्टेम्बरमा युरोपियन युनियनको बैठकमा फ्रान्सका राष्ट्रपति म्याक्रोनले टर्कीको आलोचना गरेका थिए । उनले एर्दोगन मुख्य समस्याको जड रहेको भन्दै अब, टर्की मध्यपूर्वको साथी नहुनसक्ने भन्दै आलोचना गरेका हुन् ।

त्यतिबेला पनि एर्दोगनले आफ्नो अहंकार छोडेका थिएनन् । यद्यपि उनलाई यो पनि थाहा थियो सबै मध्यपूर्वका युरोपेली आयोगका मुलुकहरु ग्रिकको पक्षमा उभिनेछन् भनेर । आउँदो २४ र २५ तारिकमा युरोपेली आयोगले टर्कीमाथि प्रतिबन्ध लगाउने विषयमा निर्णय गर्दैछ ।

यसबाहेक, अन्तराष्ट्रिय मुल्याकंन कम्पनी मोडीले टर्कीलाई सबैभन्दा अहिलेसम्मकै तल्लो स्थानमा राखेको दोस्रो दिन टर्कीले आफ्नो पानीजहाज फिर्ता लिएको छ। माडीले टर्कीमा बाह्या जोखिम बढ्दै गएको, आर्थिक क्राइसिस, ऋण बढ्दै गइरहेको, देशमा संस्थाहरुले चुनौतीको समाधान गर्न नसकेको कुराहरुका आधारमा टर्कीलाई अहिलेसम्मकै तल्लो स्थानमा राखिदिएको हो ।

गम्भीर आर्थिक र वित्तिय संकट झेलिरहेको टर्कीले लिराको अवमुल्यनलाई रोक्न सकेको छैन् । त्यहाँको केन्द्रीय बैंकले सन् २०२०को सुरुदेखि नै घट्दै गइरहेको लिरालाई रोक्न करोडौं सञ्चित डलर प्रयोग गरिसकेको छ ।

टर्कीको बजार पूर्णरुपमा बाहिरी मुलुकमा निर्भर छ । विशेष गरी आयात र निर्यातका लागि पूर्णरुपमा युरोपेली आयोगमा निर्भर रहेको छ। यसबीच अब, युरोपेली आयोगले टर्कीमाथि प्रतिबन्ध लगाइदियो भने टर्की इतिहासकै गहिरो खाडलमा खस्न सक्ने सम्भावना रहेको छ ।

यति भयानक सम्भावनाका बाबजुत पनि अंकराले अब कुटनीतिक तबरले ग्रिससँगको विवाद सल्ट्याउनका लागि कुनै कदम चाल्ने देखिदैन् । निरंकुशतावादी टर्कीका एर्दोनगनको विदेश मन्त्रालय एक राजनीतिकरणीय केन्द्रका रुपमा रहेको छ ।

एर्दोगनको विदेशनीतिमा उनको घरेलु राजीनिकै स्वाद झल्किन्छ र जुन असमतिबाहेकको विकल्प नै हैन् । मध्यपूर्वमा टर्कीको कुटनीति अमेरिका विरोधी, ईयुविरोधी र विस्तारवादी सिद्धान्तका रुपमा रहेको छ ।

एर्दोगनले आफ्ना सहयोगीका रुपमा गणना गरेका कतिपयहरु ग्रिसको दाबीकै समर्थन गर्नेमा छन् । जुन पश्चिमाविरोधी र रुसीसमर्थक हुन् । जबसम्म एर्दोगनले यस्ता सहयोगीहरुसँग अघि बढ्न खोज्छन् तबसम्म मध्यपूर्वमा विवाद सामाधानको कुनै संकेत नहुने देखिन्छ ।

त्यसकारण आउँदो २४ र २५ को ईयुको बैठकमा प्रतिबन्धबाट बच्नका लागि मात्रै टर्कीले अहिले आफ्नो जहाज त्यहाँबाट फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ । ईयुले प्रतिबन्ध नलगाइदिएमा टर्कीको अर्थतन्त्र बाँच्ने सम्भावना बलियो हुने छ ।

यसपछि फेरि एर्दोगनले युद्धग्रस्त मध्यपूर्वी नीतिलाई आत्मसात गर्दै पुन हाइड्रोकार्बन अन्वेषणको कार्य अघि बढाउन सक्ने देखिन्छन्। धुर्वीकृत टर्कीस समाजलाई एकतावद्ध गर्न र आफ्नो समर्थनलाई सुदृढ गर्न एर्दोगनले राष्ट्रियता र टुक्राउने विदेशनीतिलाई निरन्तरता दिइरहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ