arrow

बाइडेनको युगमा ‘नाटो’ को नयाँ उचाई

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
nato.jpg.jpeg

काठमाडौं। सन् २०२० को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटीकतर्फका जो बाइडेनको जीतसँगै अहिलेको अमेरिकी राजनीतिक भविष्यको कुनै निर्क्यौल गर्न सकिने अवस्था छैन्। यद्यपी जो बाइडेनेको जीवन्त राजनीतिक योगदान र विदेश मामिलामा बटुलेको महत्वपूर्ण अनुभवले उनको कार्यकाल एक शसक्तरुपमा अघि बढ्ने अनुमान गर्न सकिन्छ।

सन् २०१६ मा निर्वाचित रिपब्लिकनतर्फका विजेता एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश नीतिमा उल्लेख्य योगदान र विदेश मामिलाका महत्वपूर्ण (नाटो जस्ता) संस्थानहरुको महत्व बुझ्न नसकेको आरोप लागिरहेका बेला बाइडेन भने यो मामिलामा शसक्त मानिएका छन् । बाइडेनले ट्रम्पको जितका बेला नाटो र यसका दायित्वहरुको सम्मान गर्नु निकै महत्वको कुरा रहेको बताउँदै उनले नाटोलाई ट्रम्पले बुझ्न सक्छन् या सक्दैनन् भनेर प्रश्न समेत गरेका थिए ।

यसबाहेक बाइडेनले नाटोको महत्व यसै वर्षको चुनावी अभियानका क्रममा समेत दर्शाएका थिए। उनले ट्रम्पको जीत भएमा नाटोको अस्तित्व नै समाप्त हुनसक्ने खतरा रहेको बताएका हुन् । समान बिचार र सोच भएका शक्तिशाली मित्रवत गठबन्धन नाटो बीना अमेरिकी अस्तित्वको विनाश हुनसक्ने कुरालाई निर्क्यौल गर्दै बाइडेनले नाटोलाई अझैं शसक्त बनाउने देखिन्छ।

अमेरिकालाई नयाँ उचाइ दिन नाटोले निकै नै महत्वपूर्ण भुमिका खेल्ने कुरा बाइडेनलाई अवगत छ। बाइडेनले आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पको जीतले नाटोको अन्त्यमा हुने मात्रै नभएर युरोपमा तानाशाही रुपमा खडा हुन खोज्नेहरुलाई अमेरिकी समर्थन हुने समेत बताएका थिए। तर, बाइडेनले सन् १९६५ को नाटो रणनीतिलाई नै सन् २०२० पनि समर्थन गर्नसक्छन् । बाइडेनले नाटोका रणनीतिहरुलाई रिभिजन र परिमार्जन गरेर लागु नगरे परम्परागत रणनीतिहरुले संगठनमा समस्या निम्त्याउन सक्ने देखिन्छ।

सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीचको वैचारिक लडाइ र सोभियत युनियनको तरिकाले नै नाटो समस्याग्रस्त हुनबाट जोगाउन बाइडेले केही रणनीतिहरुलाई सुधार गर्नुपर्ने देखिन्छ। बाइडेनको कार्यकालमा नाटोमा देखिन सक्ने समस्याहरु र रुसको संलग्नताका विषयमा धेरै कुराहरु बारिरिएका छन् । जस्तै की आर्कटिक सर्कलमा रुसको हावी र अरु सबैलाई विस्थापन एवं दबाबमा पार्नु हो ।

त्यस्तै बेलारुसमाथि रुसी संलग्नता भनेको बेलारुसलाई रुसकै कब्जामा राख्नु हो । रुसी न्युक्लियर आर्सनलको अत्याधुनिकरण र लगानी नाटोको नियन्त्रण र रोकथाम प्रकृया विरुद्ध हो। वायु रक्षा ब्याट्रीहरु रुसी सीमा नजिक राख्नका लागि नाटोको प्रयासलाई काउन्टर गर्नु रुसी उत्तेजनाको उदारहण हो। खासमा रुसले प्राकृतिक तनाबहरुलाई स्विकार गर्न खोज्छ तर, शीतयुद्ध शैलीको बयानबाजीमा फर्किन खोज्दैन । यसकारण बाइडेनको कार्यकालयमा नाटोले यस किसिमका चुनौतिहरुको सामना गर्नुपर्नेछ।

त्यसकारण युरोपमा केही कुटनीतिक र सैन्य क्षमताहरु साझेदारी गर्नु स्वभाविक नै रहेपनि नाटोमा राजनीतिक बयानबाजी गरेर क्षमतालाई घटाइयो भने नाटोले सन् १९६५ कै स्थिती झेल्नुपर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ