arrow

बामदेवलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव पठाए ओलीले, पोखरेल गए प्रस्ताव लिएर

सचिवालय बैठक अघी कसरत जारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ओली निकट नेता एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भेटघाट भए लगत्तै शुक्रबार साँझ उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा उपाध्यक्ष गौतम भेट्न उपप्रधानमन्त्री पोखरेल भैंसेपाटी पुगेका हुन् । गौतमसँगको भेटमा आफूले उपप्रधानमन्त्री छाडिदिने भन्दै सरकारमा सहभागी हुन् पोखरेलले आग्रह गरेको स्रोतको जनाएको छ । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालीरहेका उपप्रधानमन्त्री पोखरेलले आफू बाटो परेर यहाँ आएको बताउदै सरकारमा सहभागी हुन र उपप्रधानमन्त्री भएर ओलीलाई सहयोग गर्न आग्रह गरेको स्रोतले दावी गरेको छ । 

उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पुगेको स्रोतले जनाएको छ । यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । ओलीले पोखरेलमार्फत आफूलाई सहयोगका लागि आग्रहको सन्देश पठाएको स्रोतले बताएको छ । एक घण्टा गौतम निवास बसेका पोखरेलले अहिले सरकारमा सहभागी भएर ओली सहयोग गर्न आग्रह गर्दा गौतमले खासै प्रतिक्रिया नदिएको स्रोतको दावी छ । 

त्यस्तै स्वास्थ्य मन्त्री ढकालले पनि वरिष्ठ नेता नेपाल भेटेर आगामी महाधिवेशनपछि नेतृत्व लिन आग्रह गरेका थिए । हाल सचिवालयमा ओली पक्ष अल्पमतमा परेको छ । ओली अल्पमतमा परेपछि नेता नेपाल र गौतमलाई फकाउने प्रयास जारी रहेको छ । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । नेकपाको सचिवालय बैठकमा प्रतिवेदनलाई लिएर आरोप–प्रत्यारोप चलिरहेको छ । शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् । 

यसअघि मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन प्रधानमन्त्रीलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए । आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उठेका बेला पोखरेलले गौतमलाई फकाउने प्रयास गरेका थिए भने ढकाल नेपाल निवास पुगेका थिए । त्यस्तै शंकर पोखरेल र जनार्दन शर्मा पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

मंसिर ३ गते सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको बताइएको बेला शनिबार बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ