arrow

‘शैन्य शासन’ मा इरान !

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
islamic-revolutionary-guard-corps-IRGC.jpg

काठमाडौं। इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीको स्वास्थ्य अवस्था गम्भीर भएको विभिन्न अन्तर्राष्ट्रय सञ्चार माध्यमले जनाएको छ। स्वास्थ्य समस्या बढ्दै गएपछि ८१ वर्षीय अयतुल्लाहले आफ्ना ५१ वर्षीय छोरा सय्यद मोजताबा होसेनी खामेनीलाई शक्ति हस्तान्तरण गर्ने तयारी भएको कुराहरु समेत बाहिरिएका छन्। अयातुल्लह प्रमुख रहेको हसन रुहानी राष्ट्रपतिको सरकार अहिले इरानमा असफल भएको छ।

हाल मुलुकको सुरक्षा र गुप्तचर विभागहरुको रेखदेख गर्दै आएका मोजताबा होसेनी खामेनीलाई ८१ वर्षीय अयातुल्लाहको उत्तराधिकारीकारुपमा हेरिदै आएको छ। तर, इरानी संविधान अनुसार यो असम्भव छ। किनकी संविधानमा ८८ वटा अयातुल्लाहहरु रहेको विज्ञहरुको सभाबाट सर्वोच्च नेता छानिनु पर्ने प्रावधान छ। यद्यपि, खामेनीका ५१ वर्षीय छोरा औपचारिकरुपमा शक्तिमा प्रवेश गर्ने योजना इस्लामी रिभोलुसनरी गार्ड कर्प (आईआरजीसी) का संरक्षकहरु रुचाएका छैनन्।

स्थिती प्रतिकुल रहेको इरानमा आईआरजीसीले मुलुकको अयतुल्लाह अली खामेनीको पदमा आफ्नै अधिकारीलाई स्थापना गर्न सक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ।

इरान अहिले एक आशाबिहिन राष्ट्र हो। जहाँको अर्थतन्त्र निकै नै खस्केको छ। यो अवस्थामा शिया समुदायका मुस्लिमको बाहुल्यता भएको इरानलाई सैन्य बल आईआरजीसीले नियन्त्रण लिनसक्ने छ। अर्थतन्त्र कमजोर मात्रै हैन्, कुटनीतिक र रजानीतिक मामिलामा पनि निकै कमजोर हुँदै गएको इरानमा सैन्य शासन स्थापना हुनसक्ने आधारहरु अरु पनि थुप्रै छन्।

वरिष्ठ अधिकारीहरुको लगातार हत्याका घटनाले यो वर्षको सुरुदेखि नै इरान अपमानित हुदै आएको छ। यसअघि अमेरिकाले खामेनीपछिका वरिष्ठ नेता कसिम सुलेमानीको हत्या पछि ठोस कदम नचालेकोमा आईआरजीसी सर्वोच्च नेता प्रति रुष्ट छ। ट्रम्प प्रशासनले दिँदै आएको तनाब, प्रतिबन्ध र आणविक डिलको वहिष्कारका घटनाले समेत आईआरजीसी आफुले इरानमा नियन्त्रण लिएर नयाँ पद्यतीबाट अघि बढ्न खोजिरहेको छ।

इरानका प्रमुख आणविक वैज्ञानिक माहसेन फाख्रिजादेहेको गत नोबेम्बर २७ मा तेहरानमा हत्या भएको थियो। यतिमात्रै हैन् बहराईन, युएई र इजरायलबीचको शान्ति सम्झौता (अब्राहम सम्झौता)  समेत इरानका लागि ठूलो टाउँको दुखाईको विषय हो।

यहुँदी मुलुक इजरायसँग ट्रम्प प्रशासनको निकता मध्यपूर्वमा इरानलाई तनाबको विषय हुन पुगेको छ। यसरी विविध दृष्टिकोणबाट विलयको दिशातिर धकेलिएको देखिने इरानलाई आईआरजीसीले नयाँ रुप र स्वरुप दिँदै अघि लैजान चाहेको देखिन्छ।

इजरायलले पक्कै पनि इरानलाई आणविक हतियार उत्पादन गर्न दिँने छैन। यसोहुँदा अहिलेकै अधिकारीहरुको निरन्तरताले इरानलाई नयाँ मोडमा धकेल्ने देखिँदैन। यसरी लगातार खस्की रहेको इरानी गौरव र यहाँका जनताको गर्व पुनस्र्थापित गर्न आईआरजीसीले अहिले इरानलाई नियन्त्रण लिन खोजिरहेको हो।

यसका लागि आईआरजीसीले अहिले इरानी मामिलामा आफ्नो पहुँच बढाउँदै लगेको छ। यसअघि नै पनि आईआरजीसीले यहाँको रानीतिक सर्कलमा प्रवेश गरिसकेको छ।

एक विदेशी मामिला पत्रिकाका अनुसार संसदको दुई तिहाई अध्यक्ष बोर्डमा पूर्व आईआरजीसी अधिकारीहरु या आईआरजीसीसँग संलग्न अधिकारीहरु रहेका छन्।

इरानी जनादेशकै रुपमा पनि प्रमुख नेतृत्वमा आईआरजीसीलाई हेरिएको टिप्पणी समेत बाहिरिएका छन्। इरानको अर्थतन्त्र भयंकर संकटमा पुगिसक्दा, वरिष्ठ अधिकारीहरुको निरन्तर हत्याजस्ता घटनाले आईआरजीसीलाई इरानमा नियनत्रण लिन संकेत गराइरहेको मानिन्छ।

यी यावतकुराहरुको अवलोकन र अब, नयाँ अमेरिकी बाईडेन प्रशासनबाट केही राहतको आशा बोक्दै इरानमा आईआरजीसीले आफ्नो नियन्त्रणमा शासन गर्ने तयारी थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ