arrow

चीनले विद्युत उत्पादनका लागि ब्रह्मपुत्र नदीमा ड्याम बनाउँदै, तटीय क्षेत्रका भारत र बंगलादेशमा चिन्ता

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
bramaputra-hydro-dam.jpg

काठमाडौं। चीनले ब्रह्मपुत्र नदीमा जलविद्युत परियोजनाका लागि ड्याम निमार्ण गर्ने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को ‘१४ औं पञ्चवर्षीय योजना’मा समेटिएको यो जलविद्युतका लागि ड्याम निमार्ण गर्ने योजना आउँदो वर्षदेखि कार्यान्वयन हुने बताइएको छ। आइतबार एक आधिकारीक मिडिया रिपोर्टले एक चिनियाँ निमार्ण कम्पनी प्रमुखको भनाइ उद्धृत गर्दै यो कुरा उल्लेख गरेको हो।

चिनियाँ निमार्ण कर्पोरेसनका प्रमुख यान जियोंगले भने,‘र्यालुंग जांग्बो नदी (ब्रह्मपुत्रको चिनियाँ नाम) मा जलविद्युत अन्वेषण कार्य अर्को वर्षदेखि कार्यान्वयन हुनेछ र यो परियोजनाले जलिय स्रोत र घरेलु सुरक्षालाई ध्यानमा राख्नेछ।' ग्लोबल टाइम्समा उल्लेख गरिएको छ।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै यानले मुलुकको ‘१४ औं पञ्चवर्षीय योजना’ अन्तर्गत यो परियोजनलाई राखेको बताएका छन्। सन् २०२१ देखि २०२५ सम्मका लागि राखिएको यो योजना बढीमा सन् २०३५सम्म चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले सकाउनेछ। ‘चाइना सोसाइटी फर हाइड्रोपावर इन्जिनियररिंग’को ४० औं सम्मेलनमा बोल्दै यानले चिनियाँ हाइड्रो इतिहासकै सबैभन्दा ठूलो अवसरका रुपमा यो हाइड्रोपावर रहने समेत बताएका छन्। गत महिना सीसीपीले सामाजिक र आर्थिक विकासका लागि १४ औं पञ्चवर्षीय परियोजना अघि सारेको थियो।

यद्यपि, चीनको यो परियोजना भारत, बंगलादेश र नदी आश्रीतका मानिसहरुलाई चिन्ताको विषय बनेको छ। करोडौं मानिसहरु माछा व्यवसाय, कृषी एवं अन्य प्रायोजनका लागि ब्रम्हपुत्रमा निर्भर रहेका छन्। चीनको ड्यामले नदीम पानीको वहाव कम भयो भने, यसले ती मानिसहरुलाई समस्या हुनेछ। यस विषयमा भारत सरकारले चीनलाई पानीको वहाव र मात्रालाई ध्यानमा राख्न सचेत गराएको छ। सीमा नदीका रुपमा रहेको ब्रम्हपुत्र नदी भारत मात्रै हैन्, बंग्लादेशका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ।

यसबाहेक, चीनले यसअघि नै पनि तिब्बतको सबैभन्दा ठूलो जाम हाइड्रो पावर स्टेसनका लागि १.५ अर्ब अमेरिकी डेढ अर्ब लगानी गरिसकेको छ। ग्लोबल टाइम्सका अनुसार चीनले अहिले नयाँ ‘सुपर हाइड्रो पावर’ चीनको ‘मेगोड’मा बनाइरहेको हो। यो चीनको अन्तिम सीमा क्षेत्र हो जुन, भारतको अरुणाञ्चलसँग जोडिएको छ।

विभिन्न अध्ययनहरुका अनुसार र्यालुंग जांग्बो नदी तिब्बतकै सबैभन्दा ठूलो जलिय स्रोत हो। यसको ५० किलोमिटर क्षेत्रमै ७० मिलियन किलोवाट विद्युत उत्पादनको क्षमता रहेको छ। यो हुबई प्रान्तमा रहेका तीन जर्ज पावर स्टेसनभन्दा ३ गुणाबढी हो। तिब्बतमा करिब २० करोड किलोवाट विद्युत क्षमता रहेको छ जुन पूरै चीनको ३० प्रतिशत हो। र्यालुंग जांग्बो नदीको ६० मिलियन (६ करोड) किलोवाट विद्युत उत्पादनले बार्षिक ३०० अर्ब स्वछ र नविकरणीय विद्युत उत्पादन गर्नेछ।

यो परियोजनाले चीनलाई कार्बन उत्सर्जन सीमा नाघ्नबाट सन् २०३० मा बचाउने र सन २०६० मा कार्बन उत्सर्जन स्थीर पार्ने योजनालाई सफल पार्नै यानले बताएका छन्। दक्षिण एसियासँग सहकार्य गर्दै यो परियोजनाले राष्ट्रिय स्रोत र सुरक्षालाई बलियो बनाउने उनको भनाइ छ। यो परियोजनाले तिब्बतमा बार्षिक ३ अर्ब अमेरिकी डलर आय हुने समेत यानले बताएका छन्।

भारत र चीनले सन् २००६ मा सीमा नदीको विषयमा छलफल गर्नका लागि उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो। सोही अनुसार चीनले बाढी एवं नदीका अन्य सूचनाहरु प्रत्येक वर्षको मे १५ मा भारतलाई बुझाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ