arrow

चीनमा खाद्यान्न संकट, म्यानमारले गर्‍यो यस्तो खुलासा

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
china-food-crisis.jpg

काठमाडौं। म्यानमारका चामल व्यापारीहरुले सार्वजनिक गरेको कुराले चीनमा गम्भीर खाद्य संकट भएको संकेत गरेको छ । थाइल्याण्डमा बसोबास गर्दै आइरहेका बर्मेलीद्वारा स्थापना गरिएको समाचार वेबसाइट दिइरवाडीका अनुसार म्यानमारका चामल व्यापारीहरुले लुओ जियानफा भनेर चिनिने चिनियाँ चामल व्यापारीको खोजी गरिरहेका छन् ।

म्यानमारको मुसे (चीनसँग व्यापार गर्नेसीमा क्षेत्र)स्थित थोक चामल बिक्री केन्द्रका अनुसार चिनियाँ व्यापारी लुओले करिब २० लाख अमेरिकी डलर बराबरको चामल किनेको मूल्य तिरेका छैनन् । चिनियाँ सीमा क्षेत्रको सबैभन्दा ठूलो व्यापार केन्द्र मुसेका व्यापारीहरुले अहिले चिनियाँ व्यापारी लुओको खोजी गरिरहेका छन् । यसका लागि उनीहरुले म्यानमारको वाणिज्य मन्त्रालय र चिनियाँ अधिकारीहरुसँग सम्पर्क गरेका छन् ।

चाखलाग्दो कुरा के छ भने, लुओको यो हर्कतले चिनियाँ राज्यहरुमा खाद्यान्न संकट भइरहेको संकेत गरेको बर्मेली व्यापारीहरुको भनाइ छ । मुसेस्थित थोक चामल बिक्री केन्द्रका उपाध्यक्ष उ मीन थिनका अनुसार, ‘लुओले चिनियाँ कम्पनी झोंगसांगको प्रतिनिधीकारुपमा सबै म्यानमारका व्यापारीहरुसँग सम्झौता गरेका’ थिए । 

‘यसअघि पनि झोंगसागलगायतका कम्पनीहरुसँग व्यापार गरिरहेका कारण बर्मेली व्यापारीहरुले उनीमाथि विश्वास गरेको’ उपाध्यक्ष उ मीन थिन बताउँछन् ।
दिइरावाडी समाचार वेबसाइटमा उल्लेख गरेअनुसार ती चिनियाँ व्यापारीसँग युनानको निशुल्क व्यापार क्षेत्रको ‘चाइना कर्मसियल फुड ट्रेडिंग कम्पनी लिमीटेड’ (सीसीएफसी)को २० प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै, झोंगसांग सि कम्पनी लिमीटेडको ५१ प्रतिशत स्वामित्व पनि ती व्यापारीको रहेको दिइरवाडीमा दाबी गरिएको छ । 

‘चिनियाँ दक्षिणपश्चिम इन्टरप्राइजेज कम्पनी म्यानेजमेन्ट कर्पाेरेसन’को ७० प्रतिशत सेयर यो कम्पनीमा रहेको छ । ‘चिनियाँ दक्षिणपश्चिम इन्टरप्राइजेज कम्पनी म्यानेजमेन्ट कर्पोरेसन’ को मुख्य स्वामित्व पनि चीनको ‘कर्मसियल नेटवर्क कन्सट्रक्सन एण्ड डेभलपमेन्ट सेन्टर (सीसीएनसीसी)’सँग रहेको छ ।

अब, यहाँ कुरा आउँछ ‘सीसीएनसीसी’को, यो कुनै सामान्य कम्पनी हैन् । ‘सीसीएनसीसी’ चीनको केन्द्रिय सुपरिवेक्षण र प्रशासन आयोग (एसएएसएसी)अन्तर्गतको कम्पनी हो । म्यानमारका व्यापारीहरु अनुसार गत डिसेम्बर २ यता चिनियाँ व्यापारी लुओ सीमा क्षेत्रका कुनै पनि बर्मेली व्यापारीहरुको सम्पर्कमा रहेका छैनन् ।

यु मीन थिनका अनुसार, अहिले म्यानमारको थोक चामल बिक्री केन्द्रका सबै व्यापारीहरु को, कसलाई कति घाटा भएको छ भन्ने विवरण संकलन भइरहेको छ ।
बर्मेली व्यापारीहरुले चिनियाँ व्यापारीको यस्तो चालका कारण आफुहरु अब, वाणिज्य मन्त्रालय र चिनियाँ राजदुतावासमा जाने बताएका छन् ।

अन्त्यमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनसँग आफ्ना नागरिकलाई खुवाउन चामल (खाद्यान्न) किन्ने पैंसा समेत नभएको भन्दै आलोचकहरुले टिप्पणी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ