arrow

इजरायल र अरब मुलुकबीचको निकटताको अर्थ

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
israel-arab-world.jpg

काठमाडौं। वर्षौंसम्म अरब मुलुकहरु इजरायलविरुद्ध एकजुट भएर रहिआएका थिए। तर, पछिल्लो समय यो सम्बन्ध खुकुलो हुँदै गएको छ। इजरायलसँगको सम्बन्ध सामान्य बनाउँने प्रस्ताव अघि सार्ने पहिलो अरब मुलुक साउदी अरेबिया हो। गत महिना इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदीको गोप्य भ्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए।

गत सेप्टेम्बरमा युनाइटेड अरब एमिरेट्स, बहराइन् र इजरायलबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा शान्ति सम्झौता भएको छ। त्यसपछि सुडान र मोरक्कोले पनि इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन्। अब, यी अरबदेशहरुमा राजदुतावासको स्थापना हुनेछ भने, सोझै हवाई उडान समेत हुनेछन्। तर, दशकौंअघि यो कुरा कल्पना समेत गर्न नसकिने थियो।

सन् १९४८ जब इजरायल स्वतन्त्र मुलुकको घोषणा भयो त्यतिबेला अरब र इजरायलबीच युद्ध भएको थियो। युद्धमा इजरायलको जितसँगै प्यालेस्टाइनको पूर्व बेलायती जनादेश, सिनाइ प्रायद्धिप र दक्षिण लेबनानको विभाजन भएको थियो। यो विभाजनका क्रममा प्यालेस्टाइनी भुमी इजरायलको पक्षमा पनि परेको थियो। संयुक्त राष्ट्रसंघको यो विभाजनलाई अरबले अस्विकार गर्दै त्यतिबेला देखि नै इजरायलसँ सम्बन्ध बिग्रिएको थियो।

सन् २००२ को बेरुत अबर लिग सम्मेलनमा २२ मुलुकहरुले हस्ताक्षर गर्दै पारित गरेको एक एतिहासिक पहलमा इजरायलले प्यालेस्टानी भुमी फिर्ता नगरेसम्म कुनै पनि सम्बन्ध सामान्यकरण नहुने निर्णय भएको थियो।

तथापि, अरब मुलुकको मुख्य शक्तिमध्येको युएईले शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने, साउदी पनि यसै पक्षमा रहेको बताइन्छ। ट्रम्प प्रशासनको अन्तिम समयमा मध्यपूर्वमा गतिविधिहरु तिव्ररुपमा बढ्दै गइरहेका छन्। हुँदाहुँदै करता र साउदीबीचको नाकाबन्दी समेत हट्ने सम्भावना देखिएको छ। यो सब हुनुको पछाडि मुख्य कारणहरु भनेको पहिलो व्यापारीक निशानालाई हेरिएको छ। त्यस्तै अर्को साउदी राजकुमार मोहम्मद बिन सलमानको राजगद्दी सम्हाल्ने एजेण्डाका रुपमा लिइएको छ।

प्यालेस्टाइनीहरुले भने इजरायलसँग अरब मुलुकहरु नजिक भइरहेको स्थिती सह्य नभएको बताउँछन्। उनीहरुले दशकौंदेखि इजरायलले हाम्रो भुमी कब्जा गरेको र अहिले उक्त भुमी फिर्ता नलिएरै अरब मुलुकहरुसँग शान्ति सम्झौता गर्नु हाम्रो ‘ढाड मा छुरा हान्नु’ जस्तै भएको बताएका छन्। प्यालेस्टाइनीहरुले यो शान्ति सम्झौताको लगातार विरोध गर्दै आइरहेका छन्।

वास्तममा यो हुनुको पहिलो कारण युएईले इजरायलसँग व्यापारीक सम्बन्ध स्थापना गर्नका लागि हुनसक्ने ठानिएको छ। पछिल्लो समय इजरायलमा युएईमा निर्मीत समानहरुको प्रयोग बढ्दै गइरहेको छ। यसबाहेक इजरायल र युएईका गायकहरुको मिश्रित म्युजिक भिडियो ‘यु हेयर मी फ्रेण्ड फार अवे’ गीतले समेत पछिल्लो समय यो क्षेत्रमा चर्चा पाएको छ।

यस्तै साउदीका राजकुमार मोहम्मद बिन सलमान अब साउदी अरवमा आफ्नो सत्ता सम्हाल्ने तयारीमा रहेको कुराहरु सार्वजनिक हुँदै आएका छन्। सत्ताकै लागि यमनमा बम हमला, रुस, अमेरिकाजस्ता मुलुकहरुसँग निकट सम्बन्धदेखि पत्रकार जमल खस्सोग्गीको हत्याको विषयमा उनी मुछिएका थिए।
सलमानले आफु नेतृत्वमा आउँनका लागि पश्चिमा र ठूला शक्तिहरुसँग राम्रो सम्बन्ध बनाउँदै गएका छन्।

ट्रम्प  प्रशासनका बेला एकदमै निकट सम्बन्धमा रहेका सलमान अब, जोय बाइडेनको प्रशासनमा उक्त सम्बन्धहरु नफेरिनेमा विश्वस्त छन्। ट्रम्प सत्ताबाहिर भएपनि अझैं ४ वर्षसम्म इरानलाई दबाबमा नै राख्ने रणनीतिहरु अघि सारिरहेको देखिन्छ। इजरयाली राष्ट्रपति नेतान्याहु, साउदी राजकुमार सलमान र ट्रम्पले सुरुदेखि नै इरानको आणविक कार्यक्रम पूरा हुन नदिने बताउँदै आएका छन्।

तर, नयाँ आउँदो बाइडेन प्रशासनले इरानलाई न्युक्लि डिलमा राहत दिने सम्भावना छ। यसै कारण इरानलाई न्युक्लियर डिलमा सफल हुँन नदिन ट्रम्पले मध्यपूर्वमा अरब मुलुकहरु र इजरायलबीच शान्ति सम्झौता गराउँदै इरानविरुद्ध उत्रिन तयार पारिरहेको देखिन्छ।

मध्यपूर्वमा पछिल्लोसमय लगातार भइरहेको परिवर्तनले, युएईको व्यापार स्वार्थ, सलमानको नेतृत्व सम्हालने तरखर र ट्रम्प—इजरायलको इरानलाई अलग्याउँने रणनीति देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ