arrow

कार्यकालको अन्तिम समयमा ट्रम्पका चालहरु

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष ८ बुधबार
trump-mask.jpg

काठमाडौं। जनवरी २० मा जोय बाइडेन अमेरिकी राष्ट्रपतिमा नियुक्त हुने छन्। त्यतिबेला पूर्व राष्ट्रपति हुने डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा चालिरहेका कदमहरुलाई खतराको रुपमा हेरिएका छन्। कार्यकालको अन्तिम समयमा ट्रम्प, अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नचालेका कदमहरु आधुनिक इतिहासका  राष्ट्रपति ट्रम्पले चालिरहेकाले विवादमा छन्।

जोय बाइडेनले चुनाव जिते यता ट्रम्पले चुनावी नतिजालाई उल्ट्याउनका लागि हरसम्भव प्रयास गरिरहेका छन्। तर अहिलेसम्म ट्रम्पका प्रयासहरु असफल हुँदै आएका छन्। ट्रम्पले आफ्ना समर्थकहरुलाई पुरुस्कृत गर्न खोजिरहेका छन्, भने जोय बाइडेनका छोरा हन्टर बाइडेनमाथि दबाब बढाउँदै लगेका छन्। 

फेरि चुनाव गराउँने कोशिस
ट्रम्पले केही राज्यमा धाँधली भएको भन्दै चुनाव नै दोस्रो पटक गराउँने पक्षमा छन्। जनवरी ६ मा अमेरिकी कांग्रेसको भेला हुँदै छ, जसले अमेरिकी राष्ट्रपतिय निर्वाचनको चुनावको नतिजा घोषणा गर्नेछ। अहिले देखिएको नतिजा अनुसार बाइडेनले ३ सय ६ इलेक्ट्रोरल कलेज मत प्राप्त गरेका छन्, भने ट्रम्पले २ सय ३२, यसैको आधिकारीक घोषणा जनवरी ६ मा हुनेछ।

त्यतिबेला जुनसुकै पनि राज्यको प्रतिनिधिले मतपरिणामको नतिजामाथि प्रश्न उठाउँन सक्नेछन्। यदि प्रतिनिधि सभाबाट एक र सिनेटको एक व्याक्तिलेसँगै एक राज्यको मतपरिणामाथि प्रश्न उठाए भने, सभा र सिनेटमा उक्त विषयमाथि २ घण्टा बहस हुनेछ। बहसपछि दुवै सदनले यसमाथि मत खसाल्न लगाउँनेछ । यदि बहुमतले पनि इलेक्टोरल कलेजको मतगणनामाथि प्रश्न उठायो भने मतपरिणाम बदर ठहरिनेछ।

सन् १८८७ मा इलेक्टोरल मत गणना कानुन लागु भएदेखि अमेरिकी निर्वाचनमा यस्तो भने अहिलेसम्म भएको छैन्। यसअघि सन् २००४ को राष्ट्रपतिय निर्वाचनका बेला डेमोक्र्याटका सिनेटर बार्बरा बक्सर र डेमोक्र्याटका प्रतिनिधि टब्स जोनसले जर्ज डब्लु शुको जितको मतपरिणाम माथि प्रश्न उठाएका थिए। यद्यपि सदनको भोटबाट अल्पमतमा परेपछि पुन चुनाव भने भएको थिएन।

ट्रम्पले पछिल्लो समय थुप्रै रिपब्लिकन प्रतिनिधिहरुलाई भेट्दै धन्यवाद दिइरहेका छन्। उनले मो ब्रोक्सलाई त ट्विटरमै धन्यवाद समेत दिएका छन्। ट्रम्पकी बुहारी लारा ट्रम्पले फक्स टेलिभिजनसँगको अन्तर्वातामा जनवरी ६ महत्वपूर्ण दिन हुने बताएकी थिइन्।

ट्रम्पको व्यर्थ कदम ?
केहि प्रतिनिधिहरुले इलेक्टोरल कलेज अस्विकार गरे पनि कुनै पनि सिनेटरले भने अस्विकार गर्ने देखिएको छैन्। यसबाहेक पनि रिपब्लिकनका सिनेट लिडर मिच म्याकोनेलले कुनै पनि सिनेटरलाई मतपरिमाणको अस्विकार नगर्न भनेर रिब्लिकन सिनेटरलाई चेतावनी दिएको कुरा समेत बाहिरिएको छ। कुनै सिनेटरले साथ दिए पनि दुवै सदनबाट डेमोक्र्याटहरुले यसलाई बहुमत दिने छैनन् र ट्रम्पको यो कदम सफल हुने देखिँदैन।

मार्शलन कानुन
ट्रम्पले मार्शल कानुन अन्तर्गत सेनालाई आफ्नो हातमा लिएर चाहेका राज्यमा परिचालन गरेर त्यहाँ चुनाव फिर्ता गराउँन सक्ने डर समेत छ। गत, शुक्रबार ट्रम्पले यो विषयमा कुरा उठाएका थिए। यद्यपि ट्रम्पका प्रमुख सल्लाहकारले यो कुरालाई पनि अस्वीकार गरेका थिए। यसबाहेक ट्रम्पले ट्याक्सका मामिलामा फसिरहेका बाइडेनका छोरा हन्टर बाइडेनमाथि दबाब बढाउँन एक छानबिन टोलि गठन गर्नसक्ने संकेत गरेका छन्। यद्यपि यो समिति गठन हुने प्रकृया भने सुरु भएको छैन्, भयो भने पनि त्यतिबेलासम्म बाइडेन राष्ट्रपतिमा पुगिसक्ने छन्।

क्षमा
अमेरिकी राष्ट्रपति परम्पराकै रुपमा केही सजाय पाएकाहरुलाई क्षमा गर्ने तयारीमा ट्रम्प पनि छन्। यद्यपि ट्रम्पले क्षमा दिने कुरा विवादित रहने सम्भावना छ। ट्रम्पले यसअघि नै आफ्ना पूर्व राष्ट्रयसुरक्षा सल्लाहकार माइकल फ्लानलाई क्षमा दिइ सकेका छन्। फ्लान सन् २०१६ मा अमेरिकाकालागि रुसी राजदुतसँग एफबीआईलाई झुटबोल्न लगाएकोमा दोषी ठहर भएका थिए।

यसबाहेक ट्रम्पले क्षमा दिन मिल्ने नियमभन्दा बाहिर गएर आफ्ना परिवारका सदस्य छोरी इभान्का ट्रम्प, जारेद कुश्नरदेखि बिजनेसका विषयमा परेको विवादमा स्वयम आफैलाई समेत ट्रम्पले क्षमा दिनसक्ने बताइएको छ।

बुधबार मात्रै ट्रम्पले आफ्ना सहयोगी र आफन्त गरेर २० जनालाई क्षमा दिएका छन्। जसअन्गर्त पूर्व अभियान सहयोगी जर्ज पापाबोपलोस, पूर्व कांग्रेसम्यान डुकान हन्टर, क्रिस कोलिन्स रहेका छन्।

त्यस्तै अमेरिकी प्राइभेट सेना कम्पनी ब्ल्याकवाटरका गार्डहरुलाई समेत ट्रम्पले माफि दिएका छन्। सन् २००७ मा बगदादको निसोर स्कयरमा यो समुहले गरेको हमलामा १४ इराकी नागरिकले ज्यान गुमाएका थिए भने २० घाइते भएका थिए।

त्यतिबेला ४ गार्डलाई अमेरिकी अदालतमा दोषी डहर्याइएको थियो। तीनैलाई ट्रम्पले माफी गरेका हुन्। ट्रम्पले आउँदा दिनमा अझैं खतरनाक सजया पाएकाहरुलाई समेत क्षमा दिन सक्ने डर बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ