arrow

दक्षिण चीन सागरमा भारतले गर्‍यो सैन्य अभ्यास, चीन तनावमा

भियतनामलाई शक्तिशाली मिसाइल दिँदै भारत

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
india-army1.jpg

काठमाडौं । दक्षिण चीन सागरमा विवादित रहेको ७ देशको भुभागमा आफ्नो दाबी गर्दै आएको चीनलाई अहिले भारतको तनाव भएको छ ।

विस्तारवादको आरोप लाग्दै आएको चीनविरुद्ध अमेरिका, जापान, अष्ट्रेलिया एवं भारतलगायतका मुलुकहरुले विभिन्न किसिमका कदमहरु चाल्दै आएका छन् ।

भारतले आफ्नो नेतृत्वमा क्वाड (भारत, जापान, अष्ट्रेलिया र अमेरिकाको संगठन) गठनगरेपछि चीन सतर्क हुँदै गएको थियो । यसबीच विश्वकै मुख्य चासोको क्षेत्र रहेको दक्षिण चीन सागरमा समेत भारतले आफ्नो प्रभाव बढाएको छ ।  गत डिसेम्बर २१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका भियतनामका समकक्षी नुगुयेन जुआन फुकबीच भर्चुअल सम्मेलन भएको थियो ।

सोही अनुसार भारत र भियतनाम दक्षिण चीन सागरमा दुई दिने समुन्द्री युद्धतोपको अभ्यास गर्न सहमत भएका थिए । शनिबार र आइतबार  दक्षिण चीन सागरको भियतनामी जलिय क्षेत्रमा अभ्यास चलिरहेको छ ।

चीनलाई निरन्तररुपमा शिथिल पार्न खोजिरहेको भारतले उसकै प्रभावको क्षेत्र (दक्षिण चीन सागर)मा गएर समुन्द्री युद्धतोप अभ्यास गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । दक्षिण चीन सागरमा एक्लौटि कब्जा गरिरहेको आरोप लागिरहेका बेला भियतनामसँगको भारतीय सहकार्यले बेइजिङलाई त्रास बढेको छ । भियतनाम विवादित क्षेत्रको मुख्य दाबेदार पनि हो ।

भर्चुअल सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले खुला र नियममा आधारित गतिविधिसँगै सैन्य एवं रक्षा क्षेत्रमा व्यापक रणनीतिक साझेदारी गर्ने बताएका थिए ।

यसबाहेक भारतले भियतनामलाई पानीजहाज एवं पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने सुपरसोनिक हतियार 'ब्रह्मोस' समेत दिने भएको छ । भियतनामलाई दिने भारतको यो हतियारले दक्षिण चीन सागरमा शक्ति सन्तुलन परिवर्तन गर्ने क्षमता राख्छ । भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, संगापुर र फिलपिन्सलगायतसँग मध्यमखाले मिसाइलहरु रहेका छन् । भारतले रुससँग मिलेर ब्रह्मोसको विकास गरेको थियो ।

यो मिसाइलले ३ सय किलोसम्मको आणविक एवं अन्य हतियार बोक्न सक्छ भने हावाको भन्दा २.८ देखि ३ गुणा तेज गतिमा दुरी तय गर्न सक्छ । चीनले सार्वजनीक गरेको कुनै पनि मिसाइल डिफेन्स सिस्टमले यसलाई रोक्न सक्दैन । ब्रह्मोसको नयाँ फेरिएको डिजाइनले हिमालयन क्षेत्रमा लुकेका सैन्य पूर्वाधारहरुलाई समेत नष्ट गर्न सक्छ । यो मिसाइलले ६५० किलोमिटर टाँढा मार हान्न सक्छ ।

दक्षिण चीन सागरमा भारतले यसरी चीनलाई रणनीतिक रुपमा शिथिल पार्न खोजिरहँदा बेइजिङले दक्षिण चीन सागरको मामिलामा नआउन चेतावनी दिदै आएको छ । अब भियतनामको सैन्य हतियारमासँग ब्रह्मोस थपिने त्रासमा समेत बेइजिङ छ ।

तीन दिनअघि भारतीय पनडुब्डी 'आइएनएस-किल्तान' भियतनामका बाढी पीडितका लागि १५ टन राहत सामग्री बाकेर हो ची मिन्ह शहरको बन्दरगाहमा पुगेको थियो ।

भियतनाममा आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुका लागि भारतले ठूलो मात्रामा राहत पठाएको हो । बाढीका कारण २३० जनाले ज्यान गुमाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ