arrow

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
corona-vaccine1.jpg

काठमाडौं । भारतमै बनेको कोरोना भाइरसविरुद्धका २ खोपलाई स्वास्थ्य अधिकारीहरुले अनुमति दिएका छन् । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको र भारतकै औषधि कम्पनी भारत बायोटेकले बनाएको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिईएको हो ।

आइतबारको प्रेस ब्रिफिङमा बोल्दै औषधि नियन्त्रक जनरल डा. भेणुगोपाल जी सोमानीले दुवै खोप दुई डोजमा दिइने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्सिटट्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकले आफै खोप विकास गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन प्रयोगका लागि दुई खोपलाई अनुमति मिलेको कुरा गौरवमय भएको बताउँदै यो आत्मनिर्भर भारतको महत्वपूर्ण कदम भएको बताएका छन् ।

१.३ अर्ब जनसंख्या भएको भारतमा पहिलो चरणमा ३० करोड नागरिकलाई खोप लगाउने योजना रहेको छ । जसअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र जोखिम समुहका नागरिकहरु रहनेछन् ।

विश्वकै सबैभन्दा ठूलो औषधि उत्पादन गर्ने कम्पनीका रुपमा रहेको सेरम इन्सिटट्युट अफ इन्डियाले एस्ट्रेजेकासँग अर्ब डोज खोप उत्पादनका लागि सम्झौता गरेको थियो ।

इन्स्च्युटका कार्यकारी प्रमुख अदर पुनावालाले ट्विट गर्दै खोपले अनुमति पाएसँगै आउँदा हप्ताभित्रै खोप अभियान सुरु हुने बताएका छन् ।

यो कम्पनीले उत्पादन गरेको खोप अहिलेसम्मको परीक्षणमा सुरक्षीत र पूर्णरुपमा प्रभावकारी रहेको बताइएको छ । शरिरमा कुनै अन्य असर नगरी यो खोपले कोरोनाभाइरविरुद्ध एन्टीबडी तयार पारेको परीक्षणले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ