arrow

'ओलीलाई निकाल्न खोज्दा प्रचण्ड आफै उछिटिएर माईतीघरमा'

'माधवकुमारले पार्टीको नेतृत्व गर्दा पार्टी न पोथी न भालेको अवस्थामा थियो'

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ १२ सोमबार
mahesh-basnet2.jpg

कावासोती । राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्न खोज्दा पुष्षकमल दहाल प्रचण्ड आफै उछिटिएर माईतीघर पुगेको बताएका छन् ।  

सोमबार पुर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ पुर्वी नवलपरासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले भने, 'प्रचण्डले कम्युनिष्ट पार्टीबाट वैद्य, बाबुराम , विपल्वलाई निकाले तर ओलीलाई निकाल्न खोज्दा आफै उछिटिएर माईतीघर मण्डलामा पुगे ।'

आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्ड र माधवकुमार नेपालको आलोचनामा खर्चिएका बस्नेतले प्रचण्डसँग भ्रष्टाचार, अनिमियता, अवसरवाद, नातावाद कृपावाद, अपराधीक एजेन्डा मात्रै भएको आरोप लगाउदै प्रचण्डलाई कम्युनिष्ट पार्टीको जिम्मा दिने हो भने कम्युनिष्ट पार्टी धुलोमा परिणत हुने बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनबाट प्रचण्डको पलायन जरुरी भएको बताए ।

माधवकुमार नेपाल प्रति कटाक्ष गर्दै बस्नेतले माधवकुमार नेपालले पार्टीको नेतृत्व गर्दा पार्टी न पोथी न भालेको अवस्थामा पुगेको बताए । नेपालले पार्टी नेतृत्व गर्दा एमाले खुम्चिएर ३३ सिटमा झरेको बताउदै बस्नेतले ओलीको नेतृत्वमा पार्टीले दुईतिहाई हासिल गरेको बताए ।

बस्नेतले प्रतिनिधि सभा विघटन र निर्वाचन संविधान सम्मत भएको बताउदै निर्वाचनको विरोध गर्नेहरुनै प्रतिगामी भएको जिकिर समेत गरे । प्रधानमन्त्री ओलीले देशलाई अपराधी, भ्रष्टहरुको हातमा जान बाट जोगाएको बताउदै वैशाखको निर्वाचनले लोकतन्त्र अझै बलियो हुने बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ