arrow

ओलीले बेइमानी गरेको मुख्यमन्त्री राउतको आरोप

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २० बिहिबार
lalbabu-rawat.jpg

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् । जानकी मन्दिरको प्राङ्गणमा सुरु भएको दोस्रो जनकपुर साहित्य महोत्सवमा बोल्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीले जनकपुरधामसँग विभेद गरेको बताए ।

मुख्यमन्त्री राउतले भने,' लुम्बिनी गौतम बुद्धको थलो हो, सीताको जन्मभूमि जनकपुरधाम भए पनि ओली सरकारले जनकपुरधामको प्रचार प्रसारमा बेइमानी गरेको छ ।'

संघीय सरकारले केही समय अघि लुम्बिनी प्रदेश सरकारलाई पर्यटन प्रवर्द्धन गर्न भनेर अर्थोक सहयोग गरेको थियो । सोही विषयलाई लिएर मुख्यमन्त्री राउतले प्रदेश दुईलाई सहयोग नगरेर ओलीले बेइमानी चरित्र देखाएको बताएका हुन् । मुख्यमन्त्री राउतले बर्षेनी विवाह पञ्चमीमा लाखौँ खर्च हुँदै आए पनि संघीय सरकारले नहेरेको बताए ।

उनले प्रदेश सरकारले विवाह पञ्चमीमा ५० लाख रुपैयाँ दिँदै आएको बताए। उनले भने, 'सीता माताको जानकी मन्दिरको महत्त्वलाई दुनियाँमा पुर्‍याउन सकेनौँ भने पर्यटकीय क्षेत्रमा समेत असर पर्ने हेतु यसको प्रचार प्रसार र सौन्दर्य करणमा समेत ध्यान दिनु जरुरी छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ