arrow

डोटीमा नेपाल र ओली समूहद्वारा छुट्टा छुट्टै पार्टी कार्यालय स्थापना

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
uml-doto.JPG

डोटी । डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना गरेका छन्  । साबिकको नेकपाको पार्टी कार्यालयमा मङ्गलवार माधव नेपाल निकटले एमालेको कार्यालयको स्थापना गरेका हुन्  ।

एमालेका अध्यक्ष चक्र मल्ल लगायतका नेता कार्यकर्ताको उपस्थितिमा कार्यालय स्थापना गरिएको  छ ।  दुई पार्टी एक हुनुअघि पनि एमालेको कार्यालय सोही भवनमा थियो ।  आफू आधिकारिक भन्दै बुधवार अध्यक्ष केपी ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ । संविधान सभा सदस्य गौली ओलीले रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरिन् ।

कार्यक्रममा ओली समूहको नेकपाको केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षलगायत नेता कार्यकर्ता सहभागी थिए । २०६९ सालमा सम्पन्न एमालेको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चक्रबहादुर मल्ल र सचिवमा रामबहादुर ऐर निर्वाचित भएका थिए ।

एमाले र माओवादी एकीकरण भई बनेको नेकपाका पनि अध्यक्ष रहेका मल्ल प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको भन्दै माधव प्रचण्ड समूहलाई साथ दिए ।

मल्ल अर्को गुटमा गएपछि ओली पक्षले साबिकको एमालेका जिल्ला सचिव ऐरलाई अध्यक्ष बनाएको थियो । दुवै पक्षले आफूहरू आधिकारिक भन्दै दाबी गर्दै आएका छन् । दुई समूहले कार्यालय स्थापना गरे सँगै कार्यकर्तामा अन्यौलता उत्पन्न भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ