arrow

संविधानको अक्षरशः पालना गरी काम गर्छु : प्रदेश प्रमुख शेरचन 

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २४ आइतबार
amik-sherchan.JPG

रुपन्देही । लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि आफूले संविधानको अक्षरशः पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् । 

प्रदेशमा विपक्षी दलले मुख्यमन्त्री शङ्कर पोख्रेल विरुद्ध तीन पटक सम्म अविश्वासको प्रस्ताव दर्ता गरेको सन्दर्भलाई उठान गर्दै अहिले आफूले सत्ता पक्ष र विपक्षको विवादित विषयलाई टुङ्गोमा पुर्‍याउन संविधानमा यो विषयलाई लम्ब्याउन कुनै शब्द नरहेको भन्दै विशेष अधिवेशन बोलाएको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलको तेस्रो स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले पछिल्लो समय देश भ्रष्टाचारले अत्यन्तै कमजोर बन्दै गएको बताउँदै भ्रष्टाचार न्यूनीकरण भन्दा पनि निर्मूल बनाउने तर्फ सबैले चासो दिनुपर्नेमा जोड सुझाएका थिए ।

सो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एंव पुर्बमन्त्री कुल प्रसाद केसीले वर्तमान सरकारलाई लक्षित गर्दै धुलिसान हुने की धुलिसानको आत्मसमर्पण गरी जनता सामु सरकार बाट बिदा लिनु पर्ने जिकिर गरेका थिए । नेता केसीले लुम्बिनी प्रदेश सरकारले अलोकतान्त्रिक कार्य गर्दै आएकाले सरकारमा बसिरहन नैतिकता नरहेको बताए ।

 त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले प्रदेश सरकारले बेथेती र बेइज्जतपूर्ण राजनीतिक गर्दै आएकाले प्रदेशमा सांसदलाई किनबेच र प्रलोभनमा पार्ने घिनलाग्दो खेल चल्दै आएको जुन लज्जास्पद विषय बन्न पुगेको उल्लेख गरे ।

उनले साउन २७ गते वर्तमान सरकारको भविष्य माथि फैसला हुने र गठबन्धन पूर्ण बहुमतमा रहेको दाबी गरेका थिए । कार्यक्रममा रिपोर्टर्सक्लव नेपालका संस्थापक एंव केन्द्रिय सभापति ऋषि धमलाले लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिन नेपाली राजनीतिमा स्वच्छ छवि भएका प्रदेश प्रमुख शेरचनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्दै सत्ता पक्ष र विपक्षले प्रदेशलाई मुक्ति दिनका लागि समझदारीमा आउनुको विकल्प नरहेको जनाएका थिए ।

उनले मुख्यमन्त्री शङ्कर पोख्रेललाई नेकपा एमालेको बौद्धिक एंव पार्टीको लागि भावी जिम्मेवार व्यक्तिको सम्भावना बोकेको मान्छेले प्रदेशलाई निकास दिने कुरामा महत्त्वपूर्ण बाटोको नक्सा कोरेर इतिहास रच्नुपर्ने सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ