arrow

चौथो बेलबारी गोल्डकप : एपीएफसँग भारतको रोयल क्लब पाँच शून्यले स्तब्ध

logo
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
belbari-cup.JPG

मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रवार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको खेलमा पाँच शून्य गोल अन्तरले एपीएफ क्लब काठमाडौँसँग भारतको रोयल फुटबल क्लब सिलिगुडी स्तब्ध भएको छ ।

खेलको पहिलो हाफ मै दुई गोल लगाएको एपीएफले दोस्रो हाफमा तीन लगाउन सफल भएको छ । खेल सुरु भएको २२ मिनेटमा एपीएफका आवास लामिछानेले गोल गर्दै टिमको खाता खोल्न सफल भए । 

त्यसको केही समयमै एपीएफकै प्रदीप लामाले गोल गर्दै खेललाई दुई शून्यमा पुर्‍याएका थिए । खेलको ४९ औँ मिनेटमा एपीएफका आशिस लामाले र ७५ मिनेटमा सविन गुरुङले गोल गरे भने ८५औँ मिनेटमा आशिस लामाले पुन अर्को गोल गर्दै खेललाई ५-० मा विजयी गराए । खेलको म्यान अफ दि म्याच एपीएफका आशिस लामा घोषित भए । 

शनिवार हिमालयन शेर्पा क्लब काठमाण्डौं र गाईघाट फुटबल क्लब उदयपुर बिच हुनेछ । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११/११ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ