arrow

मेलमिलाप दिवस भब्य रुपमा मनाउन तरुण दलको आब्हान, बस्नेतले दिए सबैलाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
jitjung-basnet-tarun.jpg

काठमाडौं । नेपाल तरुण दलले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस भब्य रुपमा मनाउन आफु मातहत जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको छ ।

बुधबार अध्यक्ष एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले एक परिपत्र जारी गर्दै पुस १६ गते नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन भएकाले पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्न र संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका हुन ।

त्यस्तै बस्नेतले पार्टीको केन्द्रीय सदस्य पदमा विजयी गराउन सहयोग गर्ने तरुण दल आवद्ध सबैलाई धन्यवाद पनि दिएका छन् । उनले आफ्नो राजनीतिक जीवनका दुई मुल मर्म निष्ठा र इमान्दारितालाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।

कांग्रेसको कुनै पनि भातृ संस्थाको अध्यक्ष पार्टीको केन्द्रीय सदस्यमा विजयी भएपछि अध्यक्ष स्वतः पदमुक्त हुने व्यवस्था छ ।

कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार दफा ४२ को उपदफा १ मा भातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भातृ संघको पद रिक्त हुने व्यवस्था छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ