arrow

पाँचमध्ये तीन छानिए धितोपत्र बोर्डको अध्यक्षका लागि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
dhitopatra-bord.jpeg

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । 

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन् ।

अन्तर्वार्ताबाट खगेन्द्र कटुवाल र निरज गिरी बाहिरिएका छन् । कटुवाल त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक हुन्। गिरी अहिलेका कार्यकारी निर्देशक हुन्। 

छानिएका तीन जनामा हमाल पूर्व गैरआवासीय नेपाली हुन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । पोखरेल अहिलेका उपकार्यकारी निर्देशक हुन् । 

धितोपत्र बोर्डको अध्यक्ष कांग्रेसको र नेप्सेको सीईओमा माओवादी केन्द्रको भाग परेसँगै धितोपत्रको अध्यक्ष कांग्रेसी मध्येबाट चुनिन लागेको हो। नेप्सेको सीईओमा भने कृष्ण कार्की नियुक्त भइसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ