arrow

राम्रो काम गरेँ भनेर घरदैलोमा आउने हिम्मतसमेत एमालेसँग छैन : गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
gagan-thapa-aggressive-evergreen.JPG

काठमाडौं । नेकपा (एमाले)सँग पाँच वर्षमा काठमाडौं महानगरमा विकास गरे भनेर आउने आट नभएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । काठमाडौं महानगरपालिका-२६ को घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

पाँच वर्षमा काठमाडौं महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,”- उनले भने । महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा समेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौँको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए । 

 उनले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौंका मतदातासँग आग्रह गरे । उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको बताए ।

“नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,”-उनले भने । 

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले काँग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौँको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गरिन्।

“म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाईँको मतको अपमान हुन दिन्न,”- उनले भनिन् । टोलवासीको सुख दुःखमा आफू लाग्नेसमेत उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ