arrow

मदन भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै, एमाले जबजको बहस चलाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
madan-bhandari.jpg

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र  मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । 

जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले मंगलबार मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज) – राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । 

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ