arrow

आलु बाबा

logo
विष्णुप्रसाद तिमिल्सीना,  
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
sanyasi-aalu.jpg

गौरीघाट, काठमाडौं । जीवनमा अनेक प्रकारका पुरुषहरू सँग मेल मिलाप हुन्छ भने कसैसँग बिछोड पनि हुन्छ । कसैलाई भेट हुँदा मन खिन्न हुन जान्छ भने कसैको बिछोड हुँदा पनि त्यस्तै हुन्छ । जसरी नदीको बेगमा बगेको मुढा वा माला जे होस्, पानीको प्रवाहमा कहिले एक आपसमा ठोक्किन्छ भने कहिले बिछोड पनि हुन्छ । 

यस पङ्क्तिकारले करिब १५ वर्ष अघि एक जना पुरुष राज नारायण दाससँग पशुपति क्षेत्रमा भेट भएको थियो । उनी वैष्णव मतका अनुयायी रहेछन् । उनलाई भोजनका लागि घरमा लैजाने सौभाग्य पनि पाइयो । गाइको दूधमा बनेको चिया भने लिने रहेछन्, तर अचम्म, अरू महात्मा जस्ता उनी अन्न, फल, केही पनि नलिने रहेछन् । उनी आलुको तरकारीमा पनि नुन, बेसार, मसला, खुर्सानी केही पनि नमिसाई तर कागती पाए भने त्यसको रस निचोरेर खाने रहेछन् ।

 वैरागी सीताराम आफूलाई अयोध्या, मणिराम छाउनी आश्रममा बस्ने गरेको भन्दा रहेछन् । उनी त्यहाँ बसे पनि परिव्राजकको रूपमा भारतका विभिन्न तीर्थस्थलमा विना चप्पल तथा नेपालको जनकपुर तथा मुक्तिनाथ एवं दामोदर कुण्डको यात्रा बारम्बार गरिरहने पुरुष रहेछन् । त्यसैले यिनलाई आलु बाबाको नामले चिनिने रहेछ । 

 (तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन्)



नयाँ