arrow

चन्द्रकान्त पन्थीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
chandrakanta-panthi-nidhan.jpg

बुटवल । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीद्वारा गुल्मी जिल्ला मदाने ७ मा रहेको दीपक माविका पूर्व प्राचार्य चन्द्रकान्त पन्थीको देहावसान भएको पाचौँ दिनको दिन उनकै वासस्थान बुटवल १३ मा श्रद्धाञ्जली कार्यक्रम भएको छ । 

किरियापुत्री रहेकै स्थलमा भएको कार्यक्रममा समाजका अध्यक्ष लोकनाथ पन्थीले चन्द्रकान्त पन्थीको सामाजिक, शैक्षिक, धार्मिक र राजनैतिक योगदानको चर्चा गर्दै शोकाकुल परिवारलाई हार्दिक समवेदना व्यक्त गरे । कार्यक्रम समाजका सचिव भोजबहादुर जिसीले सञ्चालन गरेका थिए । 

त्यस्तै गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजले पनि स्वर्गीय चन्द्रकान्त पन्थीकै निवासमा श्रद्धाञ्जली सभा आयोजना गर्यो । अध्यक्ष वासुदेव पन्थीको अध्यक्षता र सचिव रामप्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

अध्यक्ष पन्थीले स्व।चन्द्रकान्त पन्थीको योगदान र कृतित्वका बारेमा चर्चा गरेका थिए ।

हाम्राकुराका स्तम्भकार पन्थीलाई पितृशोक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ