arrow

शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
Shah-Rukh-Khan-gauri.jpg

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

मुम्बईका एक व्यापारीले उनीविरुद्ध उजुरी गरेका छन् ।

१ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुबिरुद्ध मुद्दा दर्ता भएको हो ।

गौरी खान, अनिल कुमार तुलसियानी र महेश तुलसियानी विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जग्गाको लेन देनलाई लिएर उनीहरूमाथि मुद्दा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ