arrow

शितल निवासबाट बाहिरिँदै विद्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
vidya-devi-bhandari-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारीको सात वर्षे बढी कार्यकाल गएरातिबाट सकिएको छ । कार्यकाल सकिए पनि अझै राष्ट्रपति कार्यालय शितल निवासमै रहेकी विद्या नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गरेपछि यहाँबाट छाड्ने छिन् । 

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो राष्ट्रपति निर्वाचित भएकी भण्डारी पुनः संघीय संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि पनि दोहोर्याएर निर्वाचित भएकी थिइन् । 

पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुनः २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । 

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन् ।  

उनी नेपालको संविधान २०७२ घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित पहिलो महिला पनि हुन् । 

सात वर्षे लामो लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन् तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन् ।

उनै राष्ट्रपति भण्डारी आफ्नो दुई कार्यकाल सकेर शितल निवासवाट बिदा हुँदैछिन् । 

उनले पहिलो कार्यकाल जति इमानदारीपूर्वक निभाएकी थिइन् दोस्रो कार्यकालमा भने त्यसो हुन सकेन । 

उनको दोस्रो कार्यकाल विवादैविवादले बित्यो । संविधान मिचेरै उनले दुई दुई पटक संसद विघटन गरेकी थिइन् भने संविधानभन्दा माथि गएर दुवै संसदले दुई पटकसम्म पारित गरेर पेश गरेको नागरिकता विधेयकलाई रोकेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ