नेपाल–भारत सम्बन्ध कसैले पनि बिगार्न सक्दैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
1.1k
Shares
काठमाडौं । नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई कसैले पनि बिगार्न नसक्ने बताएका हुन् ।
दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भए पनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने बताए ।