श्रीलङ्काका परराष्ट्रमन्त्री साब्रीबाट चन्द्रागिरिको भ्रमण
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
1.3k
Shares
काठमाडौँ। नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि पुगेका छन्।
आज अपराह्न चन्द्रागिरि पुगेका परराष्ट्र मन्त्री साब्रीलाई गिरागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए।
साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए।
गिरागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका विदेश मन्त्री साब्री विभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका थिए।
चन्द्रागिरि हिल्स दक्षिण एसियाकै एक महत्त्वपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको छ। सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पुगेका छन्।
यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुगेका थिए। विदेश मन्त्री यीले यहाँबाट केही तलसम्म हाइकिङ पनि गरेका थिए।