- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । नेकपा (एमाले) पर्सा जिल्लाको अध्यक्षसहित पाँच पदाधिकारीको टुङ्गो लागेको छ । अध्यक्ष पदमा अध्यक्षमा डा विश्वम्भर शर्मा यसअघि नै निर्विरोध चयन भएका थिए । तर, उपाध्यक्षसहित अन्य चार पदाधिकारीको टुङ्गो आइतबार बेलुकीपख मात्रै लागेको हो ।
प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले चार पदाधिकारीको टुङ्गो आइतबार लागेको बताए । नेकपा एमाले पर्सा जिल्लाको उपाध्यक्ष पदमा मनोज गुप्ता विजयी भएका छन्। गुप्तासँग लालबाबु शेख प्रतिस्पर्धी थिए । सचिव पदमा महेशदास विजयी भएकी छन् । सचिव पदमा अर्का उम्मेदवार नवराज शर्माले प्रतिस्पर्धा गरेका थिए । सहसचिवमा नविजान अन्सारी, महिला सहसचिवमा सीता लामा विजयी भएका छन् ।
त्यसैगरी लेखा अध्यक्षमा शिवजी गुप्ता विजयी भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको पाँच पदाधिकारीसहित एक सय २७ सदस्यको लागि निर्वाचन भएको हो । एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उद्घाटनसत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो । आन्तरिक विवादको कारणले निर्वाचन प्रक्रिया केही दिन लम्बिएको थियो ।