arrow

स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
syantoo-shrestha-olympic-tt.jpg

काठमाडौँ । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । 

यससँगै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए । यसअघि तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छिन् ।

 बुधबार फाइनलअगाडि नै स्यान्टुले नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । 

स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । 

त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौं र छैटौं सेट ८–११,८–११ ले हराए । सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन् । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित भएकी थिइन् । 

उनी श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भएकी हुन् । नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै रोकिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ