arrow

पेरिस ओलम्पिकको आज उद्घाटन, कहिले छ नेपाली खेलाडीहरुको खेल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
paris-olympics-2024-ap.jpg

काठमाडौँ । ओलम्पिक खेलुकदको ३३ औँ संस्करण फ्रान्सको पेरिसमा चलिरहेको छ । प्रतियोगिताका केही खेलहरु बुधबारदेखि नै भए पनि पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन भने आज हुँदैछ । 

आज डुङ्गामा चढेका सयौँ प्रतियोगीले सेन नदीमा बिहार गर्दै पेरिसको मध्यभाग हुँदै परेड गरेर यो खेलको उद्घाटन हुन लागेको हो । पेरिस ओलम्पिक साउन ११ देखि भदौ १० गते (जुलाई २६ देखि अगस्त ११ तारिख) सम्म सञ्चालन हुँदैछ । यद्यपि यसका खेलहरु बुधबारदेखि नै चलिरहेका छन् । 

पेरिस ओलम्पिकमा ३२ खेलका ३२९ वटा इभेन्टसमा १० हजार ७०० (यसको यकिन तथ्याङ्क अझै आएको छैन) खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

पेरिस ओलम्पिकमा सुरक्षा व्यवस्थापन अभूतपूर्व हुने मुख्य आयोजक टोनी एस्ताङ्गेले बताएका छन् । उनले प्रतियोगिताका क्रममा ३५ हजारदेखि ४५ हजार सुरक्षाकर्मीले खेल आयोजनास्थल र सेन नदीमा हुने उद्घाटन समारोहका लागि परिचालन हुने जनाएका छन् । 

नेपाली खेलाडीको खेल र तालिका
यसपटक नेपालबाट सात खेलाडीले ओलम्पिकमा भाग लिँदैछन् । जसमा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पुरुष एकलमा साउन १२ देखि १६ गतेसम्म समूह चरणका खेल खेल्नेछन् । उनी समूह जे मा छन् ।

टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पुरुष एकलमा खेल्दैछन् । उनी साउन १२ देखि १६ सम्म समूह चरणका खेलमा खेल्नेछन् । 

सुटिङ खेलाडी सुस्मिता नेपाल १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । छनोट चरण साउन १३ गते हुनेछ । 

पौडी खेलाडी अलेक्जेन्डर शाहले १०० मिटर फ्रिस्टाइलमा खेल्दैछन् । हिट चरण साउन १५ गते रहेको छ । 

पौडी खेलाडी डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा खेल्दैछिन् । साउन १३ गते हिट चरण हुँदैछ । 

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि तौल समूहमा खेल्दैछिन् । समूह चरण साउन १४ गते रहेको छ । 

र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले महिला म्याराथनमा भाग लिँदैछिन् । म्याराथन साउन २७ गते हुँदैछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ