arrow

अद्भूत, अविश्मरणीय र अद्धितीय पेरिस ओलम्पिकको उद्घाटन [फोटोफिचर]

कहिले छ नेपाली खेलाडीहरुको खेल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
paris-olympic-opening-2024-.jpg

काठमाडौँ । ओलम्पिक खेलुकदको ३३ औँ संस्करण फ्रान्सको पेरिसमा चलिरहेको छ । पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार राति भव्यपूर्वक सकिएको छ । जुन अहिलेसम्मकै अद्भूत, अविश्मरणीय र अद्धितीय भनी विश्लेषण भइरहेको छ । 

अझ कतिपयले त यी शब्दहरुसमेत उक्त उद्घाटनको बयान गर्नका लागि काफी नहुने बताइरहेका छन् । 

डुङ्गामा चढेका हजारौैँ प्रतियोगीसहित सहभागी देशका प्रतिनिधिहरु सेन नदीमा बिहार गर्दै पेरिसको मध्यभाग हुँदै परेड गरेर गरिएको उद्घाटन । 

जहाँ ६ किलोमिटरको दूरी ९४ डुंगा, २०६ देशका प्रतिनिधि, ६ हजार ५ सय खेलाडी दुई घण्टासम्म सयर गरेका थिए । 

किनारामा बसेका तीन लाख भन्दा बढी दर्शक, दुई लाख मानिसले सिन नदीको पुलमा, किनारामा बनेका अपार्टमेन्टको बालकोनीमा बसेर हेरेका दर्शक । 

पप स्टार लेडी गागा, आया नाकामुका रसेलिनडायनको मनमोहक प्रस्तुति तथा एफिल टावरमा कमालको लेजर लाइट । 

पानीको फोहराले यसमा झन् चार चाँद लगाइदिएको थियो । 

‘सिटी अफ लभ’ भनेर चिनिने पेरिसमा सय वर्षपछि फर्केको ओलम्पिक खेलकुदले दिल खोलेर स्वागत गरेको छ । 

ओलम्पिक खेलुकदको इतिहासमा पहिलो पटक उद्घाटन समारोह कुनै स्टेडियम बाहिर गरिएको हो । 

उद्घाटनका अवसरमा ओलम्पिक मशालका लागि रहस्यमय मानिसहरु पनि आकर्षणको केन्द्र बनेका थिए । 

लिजेन्ड फुटबलर जिनेदिन जिदान, टेनिस लिजेन्ड रफाइल नदाल, धावक कार्ल लुइस, फ्रान्सका सबैभन्दा पाका जीवित ओलम्पिक च्याम्पियन १०० वर्षका साइकल चालक चाल्र्स कोस्टेसँग उक्त मशाल पुगेको थियो । 

त्यसपछि सेलिन डियोनको सुरिलो आवाजसँगै हट बेलुनले उडान भरेको थियो । साथै फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास, वास्तुकलाको शानदार विरासत दुनियाँ सामु पेश गरेको थियो । 

चार घण्टासम्म चलेको उक्त उद्घाटन समारोहमा खेलाडीहरुको शपथपछि फ्रान्सको संस्कृतिको प्रतीक एफिल टावरमा लेजर लाइट शो भएको थियो । 

पेरिस ओलम्पिक साउन ११ देखि भदौ १० गते (जुलाई २६ देखि अगस्त ११ तारिख) सम्म सञ्चालन हुँदैछ । यद्यपि यसका खेलहरु ८ जुलाईदेखि नै शुरु भएका थिए । 

पेरिस ओलम्पिकमा ३२ खेलका ३२९ वटा इभेन्टसमा १० हजार ७०० (यसको यकिन तथ्याङ्क अझै आएको छैन) खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

पेरिस ओलम्पिकमा सुरक्षा व्यवस्थापन अभूतपूर्व हुने मुख्य आयोजक टोनी एस्ताङ्गेले बताएका छन् । उनले प्रतियोगिताका क्रममा ३५ हजारदेखि ४५ हजार सुरक्षाकर्मीले खेल आयोजनास्थल र सेन नदीमा हुने उद्घाटन समारोहका लागि परिचालन हुने जनाएका छन् । 

नेपाली खेलाडीको खेल र तालिका
यसपटक नेपालबाट सात खेलाडीले ओलम्पिकमा भाग लिँदैछन् । 

जसमा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पुरुष एकलमा साउन १२ देखि १६ गतेसम्म समूह चरणका खेल खेल्नेछन् । उनी समूह जे मा छन् ।

टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पुरुष एकलमा खेल्दैछन् । उनी साउन १२ देखि १६ सम्म समूह चरणका खेलमा खेल्नेछन् । 

सुटिङ खेलाडी सुस्मिता नेपाल १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । छनोट चरण साउन १३ गते हुनेछ । 

पौडी खेलाडी अलेक्जेन्डर शाहले १०० मिटर फ्रिस्टाइलमा खेल्दैछन् । हिट चरण साउन १५ गते रहेको छ । 

पौडी खेलाडी डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा खेल्दैछिन् । साउन १३ गते हिट चरण हुँदैछ । 

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि तौल समूहमा खेल्दैछिन् । समूह चरण साउन १४ गते रहेको छ । 

र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले महिला म्याराथनमा भाग लिँदैछिन् । म्याराथन साउन २७ गते हुँदैछ । 

तस्बिर–एपी, एएफपी ।
 
 

paris-olympic-opening-2024 (1).jpg
paris-olympic-opening-2024 (2).jpg
paris-olympic-opening-2024 (3).jpg
paris-olympic-opening-2024 (4).jpg
paris-olympic-opening-2024 (5).jpg
paris-olympic-opening-2024 (6).jpg
paris-olympic-opening-2024 (7).jpg
paris-olympic-opening-2024 (8).jpg
paris-olympic-opening-2024 (9).jpg
paris-olympic-opening-2024 (10).jpg
paris-olympic-opening-2024 (11).jpg
paris-olympic-opening-2024 (12).jpg
paris-olympic-opening-2024 (13).jpg
paris-olympic-opening-2024 (14).jpg
paris-olympic-opening-2024 (15).jpg
paris-olympic-opening-2024 (16).jpg
paris-olympic-opening-2024 (17).jpg
paris-olympic-opening-2024 (18).jpg
paris-olympic-opening-2024 (19).jpg
paris-olympic-opening-2024 (20).jpg
paris-olympic-opening-2024 (21).jpg
paris-olympic-opening-2024 (22).jpg
paris-olympic-opening-2024 (23).jpg
paris-olympic-opening-2024 (24).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ