arrow

पेरिस ओलम्पिकमा नेपालको खराब शुरूआत, स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
shantoo-shrestha-paris-olympic-tt.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा नेपालले खराब शुरूआत गरेको छ । टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।

श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । सेनेगलका डिएवले १२–१०, ११–३, ११–४, ११–५ को सेटमा सहजै जित हासिल गरेका हुन् ।

यसपटक नेपालबाट सात खेलाडीले ओलम्पिकमा भाग लिएका छन् । टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पुरुष एकलमा खेल्दा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पुरुष एकलमा साउन १२ देखि १६ गतेसम्म समूह चरणका खेल खेल्नेछन् । उनी समूह जे मा छन् ।

सुटिङ खेलाडी सुस्मिता नेपाल १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । छनोट चरण साउन १३ गते हुनेछ । 

पौडी खेलाडी अलेक्जेन्डर शाहले १०० मिटर फ्रिस्टाइलमा खेल्दैछन् । हिट चरण साउन १५ गते रहेको छ । 

पौडी खेलाडी डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा खेल्दैछिन् । साउन १३ गते हिट चरण हुँदैछ । 

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि तौल समूहमा खेल्दैछिन् । समूह चरण साउन १४ गते रहेको छ । 

र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले महिला म्याराथनमा भाग लिँदैछिन् । म्याराथन साउन २७ गते हुँदैछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ