arrow

पेरिस ओलम्पिकमा डुवानाको यात्रा हिट चरणमै सीमित, नयना भन्छिन्– घाइते थिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
paris-olympic-duwana-lama-2.jpg
तस्बिर –डुवाना लामा प्रतिस्पर्धा गर्दै, फोटो क्रेडिट लोकेन्द्र बस्नेत ।

काठमाडौँ । नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् । आइतबार २०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिएकी थिइन् । 

सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् । यससँगै सात खेलाडीले सहभागीता जनाएको पेरिस ओलम्पिकमा तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ । 

यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पहिलो खेलमा पराजित भएका छन् ।  

डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् । उनको यो प्रदर्शनपछि उनकी प्रशिक्षक नयना शाक्यले डुवाना घाइते भएकाले कमजोर प्रदर्शन गरेको बताएकी छिन् । 

नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष निरञ्जन अधिकारीसँगको कुराकानीमा नयनाले डुवाना घाइते भएको बताएकी हुन् । 

उनले भनिन् 'डुवाना तीन दिनअघि फिजियोथेरापीमा जाँदै गर्दा घाइते भएकी थिइन् । हिँड्दाहिँड्दै खुट्टामा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउँदा एन्कलमा पुरानै समस्या बल्झिएको देखियो । खुट्टा सुन्निएको थियो । तीन दिनको उपचार र फिजियाथेरापी पछि आज खेल्न सक्ने अवस्थामा आएको हो । त्यसैले उसको समय सोचे अनुसारको आउन सकेन । यस्तो अवस्थामा पनि डुवानाले साहसिक प्रदर्शन गरेकी छिन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ