arrow

पेरिस ओलम्पिकमा भारतले खोल्यो खाता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
paris-olympic-india-manu-bhakar.jpg

काठमाडौँ । भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ । भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुँदै काश्य पदक जितेकी हुन् ।

उनले २२१.७ अंकका साथ तेस्रो स्थान हासिल गरेकी थिइन् । यस प्रतियोगितामा दक्षिण कोरियाका दुई खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए । उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन् ।

योसँगै उनले सुटिङमा भारतको १२ वर्षको पदक खडेरी पनि समाप्त गरेकी छन् । २०१२ लण्डन ओलम्पिकमा गगन नारङ र विजय कुमारले सुटिङमा पदक जितेका थिए ।

पेरिस  ओलम्पिकमा अहिलेसम्म २१ देशले पदक जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ