arrow

पेरिस ओलम्पिकमा २८ देशलाई पदक, जापान शीर्षमा, दक्षिण एसियामा भारतलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
paris-olympics-1000000087.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ कास्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ कास्य पदक जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक कास्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ । 

अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् ।  त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले ओलम्पिक पदक जितेका छन् ।

दक्षिण एसियामा भारतले अहिलेसम्म एउटा कास्यपदक जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ