- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस । पेरिस ओलम्पिकमा आज नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजी मुनि सर्भियाकी परिसिकसँग नेपाली समयअनुसार दिउँसो १ः४५ बजे खेल्नेछिन् ।
त्यस्तै ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहालले राति १२ः५५ बजे आयरल्यान्डका हात गुयेनसँग प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि भएको पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका थिए ।
भिक्टरले पहिलो सेट २१–८ ले जितेका थिए भने दोस्रो सेट २१–६ ले जितेका थिए । समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ ।
यस्तै समूह चरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग मंगलबार खेल्नेछन् ।
१६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।