arrow

पेरिस ओलम्पिकमा ३६ देशले जिते पदक, जापान शीर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
paris-olympics-1000000087.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

जसमा जापान ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ । 

त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको छ भने अस्ट्रेलिया ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ कास्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ कास्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ भने इटालीले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । 

त्यसैगरी काजखस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्वीडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, आयरल्याण्ड, टर्किए र युक्रेनले पदक जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ