arrow

पेरिस ओलम्पिकमा ४३ देशलाई पदक, जापान शीर्षमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
paris-olympic-medal-always.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् ।

जसमा जापान ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक कास्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ कास्य पदक सहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ कास्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ कास्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ भने   इटालीले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २(२ स्वर्ण पदक जितेका छन् । 

त्यसैगरी काजखस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजिल्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्रजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्किए, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीट्जरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ